धनगढीमा ‘मास्क खै’ अभियान सुरु

धनगढी, २९ पुस।कोरोनाको तेस्रो लहरको महामारी बढेपछि धनगढीमा ‘मास्क खै’ अभियान धनगढीमा सुरु गरिएको छ । बागेश्वरी असल शासन (बास) क्लब कैलालीले धनगढीमा कोरोना संक्रमण सख्या बढ्न थालेकोले यसबाट बच्ने सगै कारोना रोकथामका लागि ‘मास्क खै’ अभियान लागु गरेको हो ।
यसमा विभिन्न माध्यमबाट कोरोना माहामारीबाट बच्न ‘माक्स खै’ ‘लोगो स्टीकर’ पम्पल्लेटहरु बनाएर बढी भिडभाड हुने ठाउ, सरकारी कार्यालय बस पार्क जस्ता बढी भिडभाड हुने ठाउमा अभियान सुरु गरेको अध्यक्ष पाण्डव पुजाराले बताए ।
बागेश्वरी असल शासन (बास) क्लबले धनगढी उपमहानगरपालिकाबाट सुरु गरेको अभियानमा पुर्णरुपमा खोप लगाउने र अनिवार्य रुपमा माक्स लगाउने अभियानका साथ विभिन्न कार्य गर्ने अध्यक्ष पुजाराले बताए ।