स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी

धनगढी, २९ पुस/नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा धनगढीका संजय चौधरी चयन भएका छन् ।
चितवनको सौराहामा भएको महासंघको छैटौं महाधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् । उनी धनगढीस्थित चौधरी बुक डिपोका सञ्चालक हुन् ।