कञ्चनपुरमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कञ्चनपुर,३कार्तिक।कञ्चनपुरमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । मंगलवार राती भएको हात्ती आक्रमणबाट २ जनाको मृत्यु भएको हो ।
आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमान÷श्रीमातीको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मधुरा कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।