कस्तो इतिहास लेख्न चाहन्थे बीपी


नेपाली राजनीतिमा सर्वाधिक उँचो कद बनाउन सफल नेता बीपीलाई आफू जिविति छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो ।राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाएका कांग्रेसको इतिहास लेख्न नपाउँदै परलोक भए । धेरै किताब लेख्ने चाहना राख्दा राख्दै बीपीको जीवन सकियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको परिवारले १२ वर्ष भारत प्रवासमा बिताउनुपर्यो । अंग्रेज विरुद्ध महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहँदा बीपीको राजनीतिक प्रशिक्षण शुरु भयो ।
भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको बुझाई थियो । स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उनले तीन वर्ष भारतीय जेलमा विताए । आफू रिहा भएकै दिन बीपीले यता काठमाडौंमा राणाहरूले वन्दी बनाएका पिताजीको मृत्युको खबर सुन्नु पर्यो । यो घटनाले उनलाई राजनीति गर्न झनै प्रेरित बनायो अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणा विरुद्ध आन्दोलनको योजना बनाए । राजनीतिक रूपमा विभिन्न उतारचढाव खेपेका बीपिलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल वन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उनीबाट यति धेरै कृति लेख्न सम्भव थिएन । राजनीतिमा बीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उनी सुन्दरीजल वन्दीगृहमा रहँदाकै उपलब्धि हुन् ।
राणाकालमै बिपी क्यान्सर पीडित थिए। बम्बईमा उपचार गराएर फर्किए पछिका दिनमा राजनीतिक सक्रियता यति बढ्यो की लेखनलाई समय दिनै पाएनन्। गृहमन्त्री भएसँगै बढेको राजनीतिक सक्रियता प्रधानमन्त्री भएर अपदस्त नहुँदासम्म कायमै रह्यो । सुन्दरीजलमा वन्दी हुँदा लेखेका प्राय कृति प्रकाशित छन् । २०२५ सालमा सुन्दरीजलवाट छुटेको केही समय पछि नेपालमा वसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उनी भारत प्रवास गए । आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशस्त्र क्रान्ति चलाए ।
उक्त समयमा जहाज अपहरण, ओखलढुङ्गा काण्ड, भारतमा संकटकाल, नेपालमा राजा महेन्द्रको निधन, नयाँ राजा वीरेन्द्रको सत्तारोहण, पूर्वी पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र बंगलादेशको निर्माण, सिक्किमको भारतमा विलय आदी प्रमुख घटनाहरु हुन् ।
सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता र अनि भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बीपीलाई चिन्तित बनाई रहेको थियो । तिनै ताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सीमा भन्दा पचास माइल पर सीमित गर्न आदेश दियो । त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर प्रवास गएका बीपीलाई कुनै गतिविधि बन्देज लगाउन थालियो ।
ती दिन यता नेपालको अदालतमा बिपी विरुद्ध जहाज अपहरण गरेको, ओखलढुङ्गा कब्जाका लागि सैन्य दस्ता पठाएको लगायत आठ वटा राजकाज मुद्दा विचाराधीन थिए । सबै मुद्दामा मृत्युदण्ड मागदावी गरिएको थियो । पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफल पछि बिपी राष्ट्रिय एकता तथा मेलमिलापको नीति सहित २०३३ साल पुष १६ गते स्वदेश फर्किने निष्कर्षमा पुगे । पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउँदै छ सहकर्मीका साथ बीपीलाई वन्दी बनाई बनाई फेरी सुन्दरीजलमै पुर्याइयो । यसरी बीपीले फेरी लेख्ने समय पाउनु भयो । पर्याप्त समय पाए पनि कागज उपलब्ध नगराउने जेल प्रशासनको निर्णयले उहाँलाई झनै चिन्तित बनायो ।
बिपी आफैले ‘सुन्दरीजल’मा लेखेका छन् । सुन्दरीजल पृष्ठः ४९ मा ८ फेब्रुअरी १९७७ ९२०३३ माघ २६० उनले लेखेका छन्–‘मैले केही सादा कागज मगाए । उनीहरुले छ पन्ना कागज ल्याए । मैले भने मलाई ६ ताउ अर्थात ९६।२४ पन्ना० चाहिन्छ । क्याप्टेनले माथिको आदेश सुनायो । सैनिक हेडक्वाटरको विशेष अनुमति विना हामीले लेख्ने कागज पाउने छैनौ रे । जेल प्रशासनको यस्तो व्यवहार देखेर रीस उठ्छ । लेख्ने कागज पाइन भने यहाँ बस्न असैह्य हुने छ । लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणशमानजी ९जीएम०को सल्लाह छ । पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौ । अनि छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं । सम्भवतः हामीले अव त्यसै गर्नु पर्ने छ ।
फेब्रुअरी १९७७ ९२०३३ माघ २७०स् पढ्ने किताब नभएपनि म आफ्नो जीवनी लेख्न सक्थे । नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थें ।९५०० जसमा मैले धेरै सकृय र कहिले कहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु । कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका वारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थे । कागज दिइएन र यदी आफैले ल्याउन सकेनौ भने जीवन साच्चिकै अत्यन्त दुष्कर हुने छ । यो एकदम हतासाजनक हुने छ । लेख्नका लागि प्रयोग गर्न भनेर दुई वटा दैनिक पत्रिकाहरु गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाँली ठाँउहरु काटेर राख्न थालेको छु । कागज वचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खादैन । मसंग भएका डटपेनका तीन वटा रिफिल छन् । अहिले प्रयोग गरिरहेको यो कलम सहित एक सिसी मसी पनि छ । यो मसी कति दिनलाई पुग्ने हो थाहा छैन ९५१०
११ फेब्रुअरी १९७७ ९२०३३ माघ २९०स् दिउँसो खाजा खाएपछि समय विताउन साह्रै गाह्रो हुन्छ । एक छिन सुत्न खोजेँ तर सकिनँ । एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न सुरु गर्नु पर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरुले दिनु पर्ने जति ध्यान दिएकै छैनन् । मैले लेखिनँ भने अरु कसले लेख्छ र रु त्यसपछि उठे र लेख्न थाले । एक हजार शव्द जति लेखेछु ।
लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरूका एक इञ्च जति चौडा छेउछाउको लामो खाली ठाउँ काटेर राखेको छु । कागजका यी लामा टुक्राहरूमा नेपाली कांग्रेसको इतिहास लेखिँदै छ । लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपर एकदम पातलो हुन्छ । यसमा लेख्न मिल्दैन । त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला । लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खलबल्याउने खिन्नता हुने छैन ९५४०
कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जीवनी लेख्न पनि प्रेरित गरेको छ । सन् १९५०(१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु । यी सबै किताब तीन तीन सय पेजका गरी नौ सय पेजका हुने छन् ।९५४०बिपी सुन्दरीजल वन्दीगृहमा छँदैको कुरा हो । न्यायाधीश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उनमिाथिका आठ वटा राजकाज मुद्दामा सुनुवाइ चलिरहेकै थियो ।
बीपीको स्वास्थ्य बिग्रँदै थियो । उपचारमा संलग्न चिकित्सकहरूले अमेरिका वा बेलायतको कुनै सुविधा सम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बीपीको ज्यान जान सक्ने वा प्यारालाइसिस हुन सक्ने रिपोट राजा वीरेन्द्रलाई दिए । यसरी राजाको आदेशमा उपचारका लागि उनलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुन वन्दी बनाउने सर्तका साथ ।
तीन महिनाको उपचारपछि पटना हुँदै स्वदेश फर्किने वेला बीपीले नेपाली कांग्रेसको सम्मेलन बोलाए र त्यही कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । काठमाडौं पुग्ना साथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उनलाई फेरी बन्दी बनाइयो । यस बीच विशेष अदालतले अधिकांश मुद्धामा बीपीलाई सफाइ दिइसकेको थियो । २०३६ तिर आइपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो । अनि बीपीसंगको परामर्शमा बहुदल र निर्दल मध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा वीरेन्द्रबाट जनमत सङ्ग्रह घोषणा भयो ।
तर पञ्चहरूले धाँधली गरी बहुदल पक्षलाई हराई दिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्धिक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बिपी माथि तीव्र दबाब परेको थियो । तर उनले जतिसुकै अप्रिय भए पनि स्विकार्ने मतपरिणाम स्विकार्ने वक्तव्य जारी गरिदिए ।
जनमत सङ्ग्रहपछिका दिनमा बीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मबलका भरमा उनी बाँची रहेका थिए । क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिना भित्र मृत्यु हुन सक्ने निदान चिकित्सकहरूले गरी सकेका थिए । त्यही अवस्थामा बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासंग आफ्नो जीवनी रेकर्ड गराउन थाले । जुन बीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ । बाँकी इतिहास सुनाउन नपाउँदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बीपीको निधन भयसँगै कांग्रेसको इतिहास लेख्ने उनको सपना पनि साकार हुन पाएन ।
बीपीले लेखेका पुस्तकहरु
सेप्टेम्बर १८, १९६२ ९२०१९ असोज २०मैले जीवनका ४८ वर्ष पूरा गरे । तर पनि कुनै विशेष उपलब्धि आर्जन गर्न सकेको छैन । मैले कारागारमा यी पुस्तकहरू लेख्नु छः
१९५० को आन्दोलन, शाह, नेपालको इतिहास, समाजवाद, शैलजा, उपन्यास, सुशीला, विज्ञानमाथि पुस्तक, प्रकाश, कला, श्रीहर्ष, परीकथा, सशाङक र बहिनी, साहित्य, कुन्दन, विश्वको इतिहास, आत्मवृत्तान्त बीपीका प्रकाशित यी कृतिहरु पाठकले सर्वाधिक रुचाएका किताबको सूचिमा छन् ।
मेरो कथा, आत्मवृत्तान्त, जेल जर्नल, फेरी सुन्दरी जल, मोदी आईन, नरेन्द्र दाई, हिटलर र यहुदी, सुम्निमा, दोषी चम्मा, बाबु आमा र छोरा, श्वेत भैरवी(हाम्रा कुरा डटकमबाट)