धनगढीमा अपांगता मैत्री भवन हस्तान्तरण

धनगढी,२०असोज। युएनडीपीको आर्थिक सहयोगमा धनगढी उपमहानगरपालिका हाताभित्र निर्माण भएको अपांगता मैत्री भवन हस्तान्तरण गरिएको छ ।
युएनडीपीले ८ लाख ३४ हजार रुपैयाँमा निर्माण गरेको भवनमा अपांगता मैत्री कार्यालय कोठा, शौचालय लगायतका सेवा रहेको छ । सो संगै युएनडीपीले ७ लाख ५३ हजार रुपैयाँको सफ्टवेयर र अपांगता डिजिटल कार्ड प्रीन्ट गर्ने मेसिन समेत हस्तान्तरण गरेको छ ।
भवन उदघाटन गर्दै उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले एकद्वार प्रणालीबाट उपमहानगरपालिका भित्रका अपांगता भएका ब्यक्तिहरुले अब सजिलै सेवा लिन सक्ने बताए ।
उपमहानगरपालिकाको १९ वटै वडाबाट अनलाइन मार्फत सेवा लिन सकिने बताउदै मेयर वडले सफ्टवेयर मार्फत अपांगता लक्षित कार्यक्रम गर्न सहज हुने बताए ।
मेयर वडले अपांगता भएका सम्पुर्ण वडाबासीलाई सेवा लिनका लागि अब नगरपालिका धाइराख्नु नपर्ने बताउदै अपांगता फाराम भर्न छुटेकाहरुलाई आ(आफ्नो वडामा गई अपांगता फाराम भर्न अनुरोध गरे ।