मेयर वडद्वारा बिद्यालय भवन शिलन्यास

धनगढी,१९असाेज। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ मा ४ कोठे विद्यालय भवनको आज शिलान्यास गरिएको छ ।
उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले श्री जनजागृती आधारभूत विद्यालय हाता भित्र मंगलबार दुई तले चारकोठे भवनको शिलान्यास गरेका छन ।उपमहानगरपालिकाको शिक्षा योजना अन्तर्गत वडा नम्बर १५ मा रहेको विद्यालयमा भवन निर्माण गर्न लागेको बताए । उनले भवन निर्माण पछि विद्यालयमा भवनको अभावमा विद्यार्थीलाई पढ्न समस्या नहुने बताए ।
श्री उमा इन्फ्रा बिल्डर्स प्राली धनगढीले उपमहानगरपालिकासंग मूल्य अभिबृद्धी कर सहित ५६ लाख ६ हजार ८६१ रुपैयामा २०७९ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनेगरी उक्त भवनको ठेक्का सम्झौता गरेको छ ।