सन्तोष रोकाया धनगढी, २७ फागुन कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियामा गत विहिवार निर्घात रुपमा कुटिएकी १८ वर्षीया राधा चौधरीलाई प्रदेश नम्वर ७का मुख्यमन्त्री त्रिलोचन भट्टले उपचारको जिम्मा सरकारले लिने बताएका छन् । आईतवार मुख्यमन्त्री त्रिलोचन भट्टर सामाजिक तथा विकास मन्त्री दिर्घ सोडारीले सेति अञ्चल अस्पतालमा उपचारार्थ रहेकी राधालाई भेटेर सो कुरा बताएका हुन् । भेटमा उहाँ संग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले सरकारले यो घटनालाई गम्भिर रुपमा लिएको बताउदै पिडित चौधरीलाई कुनै पनि चिन्तान लिएर उपचार गर्न आग्रह गरे । भेट पछि सञ्चारकर्मीहरु सँग प्रतिक्रिया दिदै सामाजिक तथा विकास मन्त्री दिर्घ सोडारीले राधाको उपचारको जिम्मा पुर्ण रुपले सरकारले लिने बताए । मन्त्री सोडारीले घटनाको ३ जनाको छानविन समिती गठन गरेर कानुन अनुसारको कार्वाहि प्रक्रियामा गएको समेत बताए । मुख्यमन्त्री त्रिलोचनभट्टले अहिलेको २१ औं शताव्दिमा पनि यस्तो घटना घट्नु जघन्य अपराध भएकोले घटना घटाउनेहरु लाई कानुनको दायरमा ल्याएर सरकारले कडा कार्वाही गर्ने बताए । उनले आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागि र जनचेतना फैलाउनका लागि सरकार प्रतिबद्ध रहेको बताए । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिडेण्ट सजन केसीले उहाँको अवस्था सामान्य रहेको बताउँदै आँखामा अलि चोट देखिएकोले आँखा चेकजाँचका लागि गेटा आँखा अस्पतालमा पठाईने तयारी भईरहेको बताए । डाक्टर केसीले हिजो राधाको स्वास्थ्य अवस्था क्रमिक सुधार हुदै गएको चाडै अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिए । राधालाई बोक्सी आरोप लगाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको र घटनामा संलग्न अन्य बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।