धनगढी,१९ जेठ। मेरो पत्रकारिता यात्रा एसएलसी दिनुभन्दा अगाबै सुरु भएको हो । सिक्ने, बिक्ने र टिक्ने तीन चरणको यात्रामा म अझै आफूलाई प्रथम श्रेणीमा राख्छु । २०६९ साल तिरकै कुरो हो , अवसर आउदै थियो म मा तर गन्तव्यमा पुग्न सकिरहेको थिइन । एसएलसीमा फेल हुनु र चारैतिर पर्खाल लागेको पहाड छोड्नु संग-संगै भयो । कैलालीको सुक्खडमा नियमित पढाई सुरु गरे । एउटा मात्र उद्देश्य एसएलसी पास गर्ने वाट सुरु भएको यात्रामा पहिलो चोटि २२ सय रुपैयाँ तिरेर पत्रकारिता तालिम लिए । र त्यसको लगत्तै रेडियो प्रतीकमा कार्यरत रहें । पढाईमा राम्रो हुदै गयो काममा जिम्मेवारी थपिदै गयो, कामको शिलशिलामा डोटी बडिकेदार पुगे, चक्र मल्ल अंकलको साथले म पत्रकार भए ।
यो बीचमा मैले आफ्नो अध्ययनलाई थप मजबुत बनाए ।त्यस पछि म दिपायल गए । संघर्सका दिनपनी सुरु भए हाम्रो समाज कति सम्म अबुझ थियो भने पत्रकारिता मा पैसा त हुँदै हुदैन तर नाम त हुन्छ तर समाजमा नानाथरी कुराहरु हुन्थे त्यसको छोरा त पत्रकार हो । अरे घुम्ने काम मात्र हुन्छ घरबाट पैसा लिएर जिन्दगी चलाउदै छ हरेक ब्याक्तीले समाजमा नि कुराकाट्न थाले । तर मलाइ यि सबै कुराले कुनै प्रभाब पारेन । म आफ्नो लक्ष्य के हो भन्ने कुरामा बिस्वोस्थ थिए ।म कतै बिचल्लित नभई आफ्नु कर्ममा जुटे । मलाई सधै सिकाउने प्रकाश बम, बिक्रम खड्का चक्र कुवरप्रति सधै स्नेह रहनेछ । दिपायल गए पछि मलाइ मेरो गुरु मेरो आदरणीय अंकल अरुण कुमार बमको अत्यन्तै माया सघै हौसला पाए उहाँ सघै नै बसेर जिल्ला बस्दा खेरी प्राइम टाइम्स टेलिभिजन अर्थात राष्ट्रिय मिडियामा जोडिन पुगे अंकलले मलाइ समचार रिपोर्ट समचार लेख्न सिकाउनु भयो ।
त्यसपछि ऋषि धमलाको हमला जो ऋषि धमला भने पछी अहिले पनि देशका कुना कब्जा सम्म चर्चा हुने गर्दछ उहाकै टेलिभिजनको डोटी जिल्ला संवाददाता भए । मलाई पनि ऋषि धमलाको टेलिभिजनको डोटी जिल्ला रिपोर्टर हु भन्दा गर्व लाग्न थाल्यो । मेरो पहिलो समचार थियो टेलिभिजनको सेती नदिमा माछा मारेर कापिकलम खर्च जुटाउदै बिद्यार्थी भन्ने जुन समचार प्रदेश समाचारको हेडलाईन सघै पहिलो समाचार बनेको थियो ।त्यो समाचार प्रसारण भएपछि मैले डोटेली जनताले भोगेका समस्या देखि डोटीका कुना कर्द्राका समाचार संकलन गर्न थाले ।
जिबनमा पत्रकारिता नै हो भने पछि गर्नुनै पर्यो मेरो टेलिभिजनले एउटा समचारको चार सय पाँच सय र आठ सय रुपैयाँ दिन्छ । मैले दिन रात लगायर डोटी हरेक समचारहरु टेलिभिजनमा प्रसारण गर्न सफल भए । एक बर्ष भित्र नै यहाँको जनता जिल्लामा क्रियासिल पत्रकार हरुको मन जित्न सफल भए । सबैले मलाइ माया पनि गर्न थाले ।चुनौती भन्ने हो भने समाचार संकलन गर्दै गर्दा आएका धम्किहरु डोटी जस्तो बिकट ठाउँ जहाँ एक ठाउँ बाट अर्को ठाउँ सम्म जान नै दुई दिन लाग्छ कति खर्च हुन्छ खल्टिमा एक पैसा नहुदा पनि भोकै बसेर पनि रिपोर्टिङ गरियो । त्यो त मलाइ स्वयम् थाहा छ । तर मैले पाउने सात सय रुपैयाँ मात्र जिन्दगीमा संघर्स गर्दै गर्दा धेरै चुनौतीपूर्ण अबस्था हरुको सहजै समधान पनि गरियो । कति उताब चडापहरुपनी आए ।सबैको समधान पनि गरियो आज आयर छोटो समयमै पनि मैले मेरा अग्रजकोर मया ममताले गर्दा नेपाल् पत्रकार महासघ को डोटी जिल्ला कार्यसमिति सदस्य मा ५५ भोट ल्यायर बिजय हुन सफल भए । यो नै मेरो जिबनको सबै भन्दा ठुलो सफलता थियो ।र सम्पूर्ण जनसमुदायको माया ममताले म सधै भरी गरिब जनताको समस्याहरु सधै आफ्नो कर्म मार्फत बाहिर ल्याउने प्रयास गर्ने छु । पत्रकारिता गर्दै गर्दा मलाई प्रेरणा प्रदान गर्ने मेरा आदरणीय अंकल चक्र मल्ल, अरुण बम, मीन बम, पुष्प राज जोशी दाजु पवन महरा दाजु, प्रकाश मिश्र दाजु कर्ण चन्द गणेश मौनि दाजु लगायत डोटी जिल्लामा क्रियासिल सम्पुर्ण अग्रज पत्रकारमा हार्दिनक नमन व्यक्त गर्न चाहान्छु । बाकि अर्को भागमा अन्तमा विशेष धन्यवाद प्राइम टाइम्स टेलिभिजन आदरणीय दाजु बिजय रेग्मी, कमलमणि पोखरेल, अनुपमा जोशी दिज्जु, कृष्ण मल्ल लगायत प्राइम टाइम्स टेलिभिजन परिवार प्रती हार्दिक आभार ।