पछिल्लो समयमा कैलाली जिल्ला लगायत देशभरी कोरोना संक्रमण दिनप्रति दिन बढ्दोक्रममा रहेको छ । कोरोना संक्रमणमा बृद्धि भएसंगै सरकारी अस्पतालले कोराना संक्रमितको उपचार संरचना अभावमा गर्न सकिरहेका छनैन् । अक्सिनको अभाव छ, आईसियु ,भेन्टीलेटर प्रयाप्त मात्रमा नहँुदा संक्रमितहरुले उचित उपचार नपाउदा मृत्युदर बढीरहेको छ । कैलाली जिल्लाका सरकारी अस्पतालहरुले कोराना संक्रमितहरुले भरिएपछि धनगढीका निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरीरहेका छन् ।यसै सन्दर्भमा हामीले निजि अस्पतालहरुले कोरो संक्रमितको उपचार ब्यबस्थापन कसरी गरीरहनु भएको छ ? भनेर सारथी अस्पतालका संचालक बेदप्रकाश जोशीसंग हामीले कुराकानी गरेको छौ । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानी ।
तपाईले कोरोना संक्रमितको उपचार कसरी गरी रहनु भएको छ ?
पछिल्लो समयमा कोरोनाले देश आक्रान्त भइरहेका बेला सरकारको मात्रै नभइ आफ्नो पनि यस महामारीमा सघाँउने दायित्व रहेकोले हामी अर्थात एक निजि अस्पतालको संचालकका नाताले नगारीकहरुलाई महामारीवाट मुक्त गराउन बिरामीहरुको उपचार गराएर जती समिन्छ सहयोग गरिरहेका छौ। बिरामीहरुको उपचारमा म लगायत सारथी अस्पताल प्रा.लिका स्वास्थ्यकर्मीहरु दिनरात उपचारमा खटिरहेका छौ । कोरोना संक्रमण शुरु भएको शुरुका दिनबाट नै हामीले कोरोनाको लक्षण भएका विरामीलाइ पनि अरु विरामी जस्तै सामान रुपमा भर्ना लिएका छौ । यस महामारीबाट कति पनि नडराई अथवा घर नवसी दैनिक रुपमा आएका विरामीहरुलाई सक्दो उपचार गरिरहेका छौ । वर्तामान अवस्थामा कोरोना संक्रमणले मामारीकै रुप लिएको छ , कोराना संक्रमितहरु बेड खोज्दै अक्सिजन खोज्दै अस्पताल आई रहेका छन् । यस्तो अबस्थामा संक्रमितहरुको उपचारकोलागि हामीले कोरोना वार्ड भनेर छुट्टै भवनमा उपचार गरिरहेका छौ ।
अस्पतालको साधनस्रोत र जनशक्ती प्रयाप्त छ ?
बिरामीको अत्याधिक चापका कारण अहिले थोरै साधन स्रोतको कमी त छ र जनशक्ति पनि केही कम भएको महशुस गरेका छौ । कतीपए स्वास्थ्यकर्मीहरु कोरोना संक्रमण हुने डरले काम गर्न डराउने गरेका छन् । सवस्थ्यकर्मी पाउनै मुस्किल छ । तर पनि यस्ता समस्याका बापजुत हामीले सवस्थ्यकर्मीहरुलाई हौषला प्रदान गर्दै सुरक्षामा मापदण्डको पालना गरी सकेसम्म धेरै बिरामीको उपचार गर्ने कोशिस गरेका छौ । यसका साथै हामीसंग भएका साधन र स्रोतको उचित ब्यबस्थापन गर्दै थप अबश्यक जनशक्ती, स्वास्थ्यर्की वेडहरु पनि थप्दै गईरहेका छौ । अक्सिजन, आईसियु, भेन्टीलेटर र बेड नपाउँदा बिरामीहरुले सास्ती खेप्नुपरेको छ । तपाईको अस्पतालको अबस्था के छ?
अहिलेको समयमा अक्सिजनको धेरै अभाव रहेको छ । अक्सिजन चाहिने बिरामीहरु धेरै मात्रामा आउने भएकाले अक्सिजनको आपुर्ती धेरै कम भएको छ । सूदुरपश्चिमको एउटामात्र अक्सिजन प्लान्टबाट यस अस्पताललाई कत्ति पनि अक्सिजन सिलिन्डर दिएका छैनन । अक्सिजन नपाएर बिरामीहरुको मृत्यु हुने सम्भावना रहेको छ । हामीले अक्सिजन नेपालगन्ज बाट ल्याएर भए पनि बिरामीहरुको उपचार गर्ने कोसिस गरिरहेका छौ । जे होस् नेपालगञ्जवाट अक्सिजन आपुर्ती गरेर भएपनि कोरोना संक्रमितको शारथी बनेको छ, सारथी अस्पताल यसरी बुझ्दा फरक पर्दैन जस्तो लाग्छ । कोरोना संक्रमितको लागि कती बेड छुट्यानु भएको छ ?अनी संक्रमितको उपचार सरसफाईको ब्यबस्थापन कस्तो छ ?
कोरोना संक्रमित विरामीको लागि हामीले १० बेडको व्यवस्था गरेका छौ । र उक्त बार्डको सरसफाईमा हामीले विशेष ध्यान दिएका छौ । तर बिरामीको संख्या ह्वात्तै बढेको छ, दैनिक १० औ कल फोन आउछन् राती १२ बजे सम्म बिरामी भर्ना गरिदिनु पर्यो , बेड चाहियो, अक्सिनको अबस्थ के छ, आईसियु खाली छ की भनेर मानबीय धर्म सोचेर फोन उठाउने गर्छौ र जे सकिन्छ त्यो गर्छौ ।
बिरामीको उपचारमा उस्पतालले ध्यान दिएन भन्ने गुनसाहरु पनि आईरहेका छन् , के भन्नु हुन्छ ?
केरोना संक्रमण शुरु भएदेखि हामीले कोरोना संक्रमितको उपचार गरेका छौ । केही निजी अस्पतालहरुले यस अवस्थामा सेवा दिन नसकेर वन्द गरेका सूचनामा पनि यहाँलाई जानकारीनै छ । यस महामारीमा पनि हामीले निरन्तर रुपमा सेवा दिइरहेको व्यहोरा जानकारी गराउछौ । केही संचारमाध्यमहरुले यस अस्पतालको वारेमा नराम्रो समाचार वनाएर अफवाह फैलाएका छन् । व्यक्तिगत स्वार्थ तथा यस अस्पतालका कर्मचारीहरुको मनोवलमा खलल पुग्नेगरि न्युज वनाएका छन् । यसमा म के भन्न चाहन्छु भने यदि त्यस्तो हो भने प्रशासनले अथवा नगरपालिकाले अनुगमन गरोस् । त्यस्तो भेटिएमा कारवाही गरोस तर यदी कसैले पुर्वाग्राही रुपमा अस्पतालको बदनाम गर्ने काम गर्छ भने त्यसको जवाव अपवाह फैलाउने संचारकर्मीले दिनु पर्छ । किनकी यस्तो भयाबह अवस्थामा कसैले कसैको मनोवल गिराउने काम गर्नु हुदैन् जस्तो मलाई लाग्छ । कोरोना संक्रमितसंगै अन्य बिरामीको ब्यबस्थापन तथा उपचारमा कतिको चुनौती छ ?
बिरामीहरुको अत्याधिक चापले गर्दा निकै चुनौतिपूर्ण रहेको छ । कोरोना वार्ड र अन्य विरामीको व्यवस्थापनको लागि छुट्टा छुट्टै वार्डको व्यवस्था गरेका छौ तैपनि हामीले साधन स्रोत र जनशक्तिले भ्याए सम्म उपचारमा खटिरहेका छौ ।
स्थानि तह , प्रदेशसरकारकोे निजि अस्पतालसंगको सहकार्य कस्तो छ ?
अक्सिजन आपूर्तिमा सहयोग पाएका छैनौ अन्य व्यवस्थापनमा सहयोग गरेकै छैन्, बस् यत्ती भनौँ ।
कोरोना संक्रमण बढ्दै गयो भने निजी अस्पतालले के कस्ता चुनौतीको सामना गर्नु पर्छ जस्तो लाग्छ ?
यहि गतिमा संक्रमण बढ्ने हो भने कोरोनाले भयावह रुप लिन सक्ने आकलन गर्न सक्छौ अक्सिजन र औषधि अभाव हुन सक्ने संकेत आइरहेको छ । त्यसैले सबैले सजक हुनुपर्छ । औषधी र यसमा हुने कालोबजारी नियन्त्रणमा सरकारले ध्यान दिनु पर्छ । पछिल्लो समयमा निजी अस्पलालले के कस्ता समस्या झेल्दै आउनु भएको छ ?
अहिले समस्या भनेकै अक्सिजन नपाउनु हो, तर जनशक्तिको पनि अभाव रहेको छ । अस्पतालमा काम गर्ने कर्मचारीहरु काम छोड्ने र डाक्टरहरुपनि काममा नआइदिनाले उपचारमा कठिनाइ भइरहेको छ । सरकारले पनि निजि अस्पतालहरुलाई विरामी राख्नु त भन्यो तर अक्सिजनको व्यवस्थापन गरिदिएन, निजि अस्पतालहरुलाई पनि जसरी भएपनि अक्सिजन आपूर्तीमा सहज गरिदिनु प¥यो ।
यसको समाधान के ?
यसको सामाधान भनेकै सरकार हो । सरकारले जसरी जताबाट हुन्छ देश विदेशबाट हवाइजहाजबाट भएपनि सम्पुर्ण जनशक्ति लगाई अक्सिजन र औषधीको व्यवस्था गर्नु प¥यो हैन भने यसले भोली बिकरालरुप लिने पक्का छ ।
अन्तिममामा थप केही भन्नु छ ?
केही संचारमाध्यामहरुले अर्नगल प्रचारबाजी तथा तथ्यहिन र पुष्टिहिन खबरप्रवाह गरी सारथी अस्पतालको बदनाम गर्ने उद्ेश्यले समाचार संप्रेषण गरेका छन् । यसबाट यस अस्पतालमा काम गर्ने कर्मचारीहरुको मनोवलमा केही आँच आएको छ । तर पनि सत्य तत्थ्यको लागि प्रशासनले अनुगमन गर्नु प¥यो र अहिलेको कोरोनो अलि घातक देखिएको छ । सबै सचेत रहनु होला घरमै वस्नु होला, बाहिर निस्कनु परेमा अनिवार्य मास्कको प्रयोग गर्नु होला, हेलचक्राई कत्ति पनि नगरिदिनहुन अनुरोध गर्दछु । अन्तमा यो माहामारी हटाइ दिनहुन भगवानसँग विशेष प्रार्थना गर्दछु