माछा पहिचानको निम्ति त्रिवेणी महोत्सव

सन्तोष रोकाया “स्वच्छ ताजा माछा जलमार्गको ः सेती कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो”भन्ने मुल नाराका सथा कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टामा त्रिवेणी महोत्सव आयोजना हुने भएको छ । सोमवार धनगढीमा पत्रकार सम्मेलन गदै आयोजक चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले फागुन १३ गते देखि १९ गते सम्म महोत्सव हुने जनाएको छ । स्थानिय एवमं राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवमं औद्योगिक वस्तुहरुको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने, धार्मीक पर्यटनलाई प्रचार प्रसार गर्ने जलमार्गको सम्भावनालाई अध्ययन गर्ने विशेष गरेर माछालाई बढि प्राथामिकता दिने लगायतका उद्धेश्यहरु राखेर गतवर्ष देखि सञ्चालन गर्दै आएको महोत्सवको यो दोस्रो सँस्करण हो । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष बिरेन्द्र रावलले चुरे मोहन्याल क्षेत्र पर्यटकिय,धार्मीक, साँस्कृतिक लगायतका सवालहरुमा भरी पुर्ण भएपनि प्रचार प्रसारको कमिले पहिचान हुन नसकेको बताए । महोत्सवमा विभिन्न कृषि सामाग्रीहरु, स्थानिय परिकारहरु प्रदर्शन,झँकी प्रदर्शनी, पञ्चेवाजा,हुड्के प्रदर्शनी लगायतका आकर्षण रहने आयोजकले जनाएको छ । आयोजकले महोत्सवमा राष्ट्रिय भन्दा पनि बढि स्थानिय कलाकारहरुलाई स्थान दिइने र महोत्सवमा ९० वटा व्यावसायिक स्टल रहने आयोजकले जनाएको छ ।