धनगढी,२१ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशपार्टी कार्यालय धनगढीमा एक पत्रकारअनशन बसेका छन् । पछिल्लो समयमा नेकपा भित्र ब्यापक बिवादका कारण पार्टी फुटको संघारमा पुगेको बेला पार्टीफुट्नबाट रोकीनु पर्छ भन्र्दै एकजना पत्रकार अनशन बसेका हुन।
पाँच बुदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य समेत रेहका पत्रकार पदम बोहरा प्रदेश पार्टी कार्यालयमा अनसन बसेका हुन ।
उनले पार्टी विभाजन कुनैपनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वास्र्थ भन्दा माथि उठेर जनताको निम्ती काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रस्ताव फिर्ता लिन छलफल चलाउनु पर्ने, पार्टी एकताको बाकी काम अगाडी बढाउदै महाअधिवेशनसम्म पुर्याउनु पर्ने र संघियता गणतन्त्र रक्षाकोलागि एकजुट हुनुपर्ने माग राखेका छन् ।अनशनरत बोहरा पत्रकार महासंघ डडेल्धुराका सह–सचिव र प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन ।