१३ वर्षमुनिका बालबालिकाका लागि फेसबुकले ल्यायो नयाँ एप्लिकेशन

फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका छन्। तरपनि उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ । फेसबुकले म्यासेन्जर किड नामको एप्लिकेशन ल्याएको हो । यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । तर यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने भएको छ । यसबाट बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ । यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन । अभिभावकले मात्र साथीसँग जोडिदिन र म्यासेज डिलेट गरिदिन सक्छन् । बच्चाहरुले छुट्टै एकाउन्ट पनि बनाउन सक्दैनन, त्यो अभिभावकको फेसबुक एकाउन्टमा जोडेर कनेक्ट गरेर चलाउनुपर्छ । अभिभावकले च्याट एप्लिकेशनमा फेसबुक एकाउन्टको सूचना जोडिदिएपछि च्याट एप्लिकेशन खुल्ने छ र बच्चाको प्रोफाइल जोड्नुपर्छ । यसपद्धि अभिभावकको निगरानीमा बालबालिका च्याट गर्न, भिडियो हेर्न र साथीसँग जोडिन सक्छ । यो एप्लिकेशन आइओएसमा उपलब्ध रहेको छ ।