अछाम,११भदौ। अछाममा चट्याङ लागेर ७ जना घाइते भएका छन्। जिल्लाको साँफेबगर नगरपालिका –१३ बाब्लामा ७ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
घाइते हुनेमा सौभाग्य जोशी, होमराज जोशी, गोकुलप्रसाद जोशी, भुवनेश्वरी जोशी, तिलकराज जोशी, जयन्ती जोशी र देवश्वरी जोशी रहेको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद उपाध्यायले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताईएको छ ।