धनगढी, ९ भदौ। धनगढीमा कटुवा पेस्तोल सहित पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का ३८ वर्षिय विकाश चौधरीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
कैलाली प्रहरीले गत असार ३१ गते धनगढी उप–महानगरपालिका वडा नम्बर ५ राष्ट्र बैंक चोक नजिक उनको कोठामा कटुवा पेस्तोल, तीन राउण्ड गोली, चोरीमा प्रयोग हुने औजारी फेला पारेको थियो । तर उनी फरार भएका थिए ।
उनलाई आईतबार चटकपुरबाट पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ। चोरीका दुई मुद्दा र हातहतियार खरखजनामा उनलाई पूर्पक्षका लागि सोमबार कारागार चलान गरिएको हो ।
उनले गत असार २३ गते तारानगरका विकास सिँहले सञ्चालन गरेको किराना पसलमा समेत चोरी गरेको प्रहरीले बताएको छ।