कैलाली, २ भदौ । आइतबार मंगोल हव अफिसीयल नामक युटूबमा एउटा देशद्रोही नामको म्युजिक भिडियो अपलोड् भयो । उक्त भिडियो २४ घण्टा नबित्दै ९७ हजार बढीले हरेका छन्, भने ४० हजारले डिस्लाईक गरेका छन् ।
भिडियो सुरुवातमा “बाहुन क्षेत्री भनेका मगन्तेहरु हो, बाहुन क्षेत्री भनेको यो देशका लुटेराहरु हुन, यसकारणले बाहुन क्षेत्रीलाई लुटेरा भनेर चिन्नु पर्छ, अनि यो देशबाट बाहुन क्षेत्रीलाई बिस्तार बिस्तारै खेद्नुपर्छ, किन भन्दा खेरी यिनीहरुले हामिलाई दया माया गर्न कहिले पनि जानेन” शब्दहरु राखेर सुरुवात गरिएको छ ।
उक्त भिडियोको सुरुवातमा ‘एउटा देशद्रोहिले समाज, रास्ट्र ,देश र सिङ्गो बिस्वलाई सर्बनाश गर्छ’ शब्दहरुको छायाङकनमा नेपालको झण्डा जलाएका छन् । म्युजिक भिडिया थुप्रै राष्ट्र विरोधी शब्द र छायाङकन राखेर निमार्ण गरिएको छ । उक्त भिडीयोले राष्ट्र, राष्ट्रियता र जातिवादलाई ठाडो प्रहार गरेको देखीन्छ ।
भिडियोमा गौतम बुद्ध, पृथ्वीनारायण शाह, राजा ज्ञानेन्द्र, बिपी कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड लगाएतका बिशिष्ट व्यक्तिहरुको तस्बीर राखेर जलाएको देखिन्छ । “तेरो देश न भारत न त नेपाल, भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासि मङ्गोललाइ छिटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल, देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुनछेत्री, खेदन नपरोस बरु भागिहाल” लगाएतका शब्दहरु भिडियोको अन्तिममा समावेश निमार्ण गरेका छन् ।
उक्त म्युजिक भिडियो मकवानपुरको बागमती गाउँपाललिका–३ बिष्ण्ु आधारभुत बिद्यालय प्रांगण लगाएत वरीपरीको सेरोफेरोमा सुटीङ भएको देखीन्छ । भिडियो निमार्णमा हर्क बहादुर मंगोल, रमेश मोक्तान, नवराज गुरुङ, मिलन राई, धनमाया तामाङ लयाएत २१ जनाको नाम समावेश गरिएको छ ।
उक्त म्युजिक भिडियोको अहिले सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ । नेपालको राष्ट्रियता माथि आचपुग्ने गरी निमार्ण गरिएको म्युजिक भिडियोका निर्मणकर्ताहरुलाई कारबाही गरिनुपर्ने भन्दै सञ्जालमा विरोध भईरहेको छ ।
तत्कालीन नेकपा एमाले युवा तथा खेलकुद बिभाग केन्द्रिय सदस्य मिना श्रेष्ठले जातिय द्वन्द्व र नेपालको राष्ट्रियता माथी धावा बोल्ने यो भिडियो बनाउन, संलग्न सबैलाई यथासक्दो चाडो कडा कार्वाही होस, ज–जसको ग्रुप टिम जे हुन ,को को छन ? भिडियोमा सबै चिनिन्छन ,सबैलाई कार्वाही होस । गृह प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छु । भन्दै पोस्ट गरेकी छन् ।
फेसबुकमै रदिप नाम गरेका व्यक्तिले ‘देशको राष्ट्रिय झन्डा जलाएर आफुलाई कलाकार मान्ने यस्ता छाडा जन्तु हरुलाई कानुनी कटघारामा ल्यायर पाता कस्नु जरुरी छ, देशको अस्तित्व र स्वाभिमान झलकाउने राष्ट्रिय झन्डा जलाउन आम नेपालीका दुस्खद कुरा हो ।’ भन्दै विरोध जनाएका छन् ।