काठमाण्डौँ,३साउन।नेपाली काँग्रेस केन्द्रीय उपसभापति विमलेन्द्र निधिले काँग्रेस प्रशिक्षण प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् ।
काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा। जगदीशचन्द्र पोख्रेल ९तनहुँ०, अनुसन्धान निर्देशकमा डा। सूर्य ढुङ्गेल ९महोत्तरी० र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल ९ओखलढुङ्गा० लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।
यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण ९सप्तरी० लाई मनोनयन गरिएको थियो । उनीहरु प्रतिष्ठानका केन्द्रीय सदस्य छन् । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।
यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाएका छन् ।
उनीहरुले बिहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न–गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए ।