जीन्दगी वुढो त्यो रुख भन्दा, तर तरुनो पनि छ त्यो हिमालको चहक जत्तिकै, एउटा अंग्रेजी गीतको थोरै अंश याद आउछ, सहिलाग्छ कुरा, नलागोस पनि किन? फर्केर हेर्छु कहा छ त मेरो जिन्दगी ?कहा“ थियो त जीन्दगी? आ कसले विचार गरेर बसोस यस्ता कुरा, अल्छि लाग्छ तर फेरि पुराना कुराहरु आ“खा अगाडी थ्रिडी भर्जनमा ना“च्न थाल्छन् ।
सपनाले मलाई डोहो¥यायो र म गाउ“बाट धनगढी छिरे, एसएलसी पछि । आज गाउ“मा वुवालाई कसैले के गर्छ छोरो भनेर साधेमा धाक फुलाउदै इन्जिनियरिङ गर्दैेछ भन्न थाल्नु भएछ । जसोतसो यहा“सम्म पढिएछ, कहिले मन लागेर, कहिले मन विथोलेर त कहिले डिजिटल मार्केटिङको ज्ञान लिदै । कहिले का“ही बसेर सोच्छु मैले के पढे भनेर? पढेहोला सर्टिफिकेट नि छन् तर आजपनि आफ्नो अगाडी कुनै सिसाको ढोका छ भने म धेरैवेर ट्वाल्ल परेर बस्छु, त्यसलाई तानु कि ठेलु“ भनेर । कसैले म फलानो चोकबाट पश्चिम पट्टि छु भनेर भन्दा पूर्व पश्चिम कता होला भनेर कन्फ्युज हुन्छु ,मलाई एक एकान एक देखि बिस एकान सम्म कन्ठस्त छ तर डेढ (एक दशमलब पा“च) तिया“ कति हो त कन्फ्युज हुन्छ । धेरै जना बसेर छलफल भएको ठाउ“मा आफूपनि पुगेको हुन्छु, बोल्नेले आफ्नो विचार व्यक्त गर्छन तर मलाई भने आफ्नो परिचय दिने बेलामै एक खालको धक र लाज जस्तै खालको संवेदनाले अप्ठेरो पार्छ ।
विचारहरु कति मनमा आउछन तर व्यक्त गर्ने पालो र आ“ट कुर्दाकुर्दै कार्यक्रम सकिन्छ । कक्षाकोठाको बन्द पर्खालभित्र किताब र कापी स“ग मात्र पैंठाजोरी खेल्दै पढाईएका म र म जस्ता धेरैलाई यो समस्या हुने गरेको छ । मलाई लाग्छ हामीलाई पढ्न, रट्न, घोक्न, हरफहरुलाई व्याख्या गर्न सिकाइयो तर बोल्न, व्यक्त गर्न र प्रस्तुती गर्न उत्ति ध्यान दिइएन । त“ बसेको होटल भन्दा लगभग दुई सय मिटर वर एउटा रेष्टुरेन्टमा छु भनेर हरेन्द्र सरले मलाई एक सा“झ रात्री भोजको निम्तो दिनुभयो तर त्यो दुई सय मिटरको भेउ नपाएर म धेरै अल्मलिएर बल्ल पुगेको थिए ।
दुइ मिटर, तीन फिट, पच्चिस इस्क्वाएर फिट जस्ता कापीमा हिसाब गरियो र जा“चमा पास भईयो, फस्ट डिभिजनमा तर रियल लाइफमा फेल भईरहेको छु । तर पनि पढियो, तर के पढियो ? कसरी पढियो ? पढाउनेले पढाए पढ्नेले पढे तर के ?
एसएलसीमा मज्जाले राति–राति बसि साइन ठिटा, कस ठिटा याद गरियो, अझ भनौ आइडिया लगाएर वान अप्पन कस सि इज इक्वेल टु सेक सि याद गरियो, पास नि गरियो तर कस्सम ती कुरा त्यसपछि अहिले सम्म एकफेर काम लागेनन् । प्लस टु मा साइन्स पढियो, अन्ततः ती डेरिभेसन जुन दिमाग लामक हार्डडिस्कको कुनै कुनामा बिर्सन लायक छन् ।
एच. आई. भि. को पूरा रुप मज्जाले याद भएका साथीहरु एच. आई. भि. संक्रमित हुनुभएको भेटेको छु, उहा“हरुलाई एच. आई. भि. को पूरा रुप थाहा छ तर कसरी सर्छ त ? कसरी सतर्क रहने भन्ने कुरामा किन जानकारी भएन त ? कसरी सतर्क रहने भन्ने कुरामा किन जानकारी भएन त ? सायद सरहरुले त्यो पाठ पढाउदा बुझाउन असहज मान्नुभयो या पुस्तकमा नै लेखिएन, थाहा भएन तर के काम यस्ता पाठ्यक्रमको जसको असर नै छैन ?
दशै“मा निधारमा टिका लाउ“दा धेरै पढेस, ठूलो जागिर खाएस र हाकेताकेको पुगोस भनेर अग्रजले दिएका जेनरल आशिष याद आउ“छ, सायद पढ्नु भनेकै जागिर खानका लागि हो भन्ने मलाई छिरेछ क्यार र त्यहि अनुरुप अगाडीका पाइलाहरु बढाउदै गए“ । अहिले लाग्छ ती आशिषहरुलाई परिमार्जन गर्ने बेला आएको छ, म पनि उमेर अनुसार पाको हुदैछु र मैले आशिष दिनेहरुलाई चा“ही जागिरको त्यस्तो मोहयुक्त आशिष दिन मन लाग्दैन । बरु जे गर्छस राम्ररी गर, नया“ हिसाबले सोच्न सिक, नया“ काम गर र जागिर खाने हैन बरु अरुलाई जागिर दिने बन् भन्न मन गर्छ । हामी वास्तवमै जागिर प्रति आशक्त छौ किनकी हामीले त्यो बाहेक अरु कुनै रिस्क फ्रि जीवनयापनका स्रोत देख्न चाहेका छैनौ ।
यहा“ सरकारी जागिरको कत्रो क्रेज छ, मानौ सरकारी जागिर पाउने बित्तिकै मान्छेको जीवनका दुःख सबै सकिन्छ र केबल सुःखको मात्र वर्षा हुन्छ । सरकारी जागिर आफैमा नराम्रो पक्कै होइन, त्यहा“ पुग्न निकै कठिन परिश्रम गर्नपर्छ तर त्यो मात्रै एउटा बिकल्प चा“ही पक्कै होइन जस्तो लाग्छ । हुन त राम्रो मान्छेको कमि छ यहा“, भएका सबै राम्रा जति विदेश जान्छन, काम गर्न, पढ्न अनि उतै घरबार गर्छन, बा“की केही म जस्ता औषत सपना बोकेकाहरु यहि केही गर्ने हिसाबमा बस्छन् । अलिक पढेका र पढ्न सक्ने ब्रिलियन्ट माइन्डहरु कम्मर कसेर लोकसेवामा लाग्छन, दिमाग र डेडिकेसन भएकाले नाम निकाल्छन र जान्छन सरकारी सेवामा । गल्ती भए माफ पाउ“ तर त्यहि सदासर्वदा रुटिनका काम गर्न, हाजिर ठोक्न र सामान्य मान्छेले गर्न सक्ने सामान्य सरकारी कार्यालयका लागि किन यति अप्ठेरो जा“च गरि लेखेपढेको मान्छे लिएर जान्छ सरकारले ?राम्रा दिमाग भएका मान्छे यही समाजमा छाडिदिएमा ती क्रियटिभ र जिनियस दिमागले समाज उत्थानका लागि धेरै गर्थे कि ? त्यसो भन्दैमा मैले सरकारी काम र कामदारलाई अवमुल्यन गरेको नठान्नुहोला, मेरो कुरा यति मात्र हो कि त्यहा“ भन्दा यहा“ हाम्रो अन्य क्षेत्रमा त्यस्ता मान्छेको काम छ । सायद सरकारी सेवामा नया“ प्रयोग र आधुनिक प्रविधिको लागि न्युनतम सम्भावना पनि नभएर होला त्यहा“ होमिन पुगेका धेरै ब्रिलियन्ट माइन्डहरु पनि पछि हटेको उदाहरण हुन् । उदाहरणको लागि हाम्रै नास्टको सर, लोकसेवाको टपलिस्टमा नाम निकाल्न सफल तर फगत एउटा भडकालो भयो उहालाई जागिर । जहा“ सरकारी जागिरको क्रेज, राम्रा ट्यालेन्टेड माइन्डहरु जान्छन र उतै मासिन्छन धेरै जस्ताको ट्यालेन्टहरु ।
समाज रुपान्तरण गर्न छ, सकारात्मक आशा ल्याउन छ, राजनीतिमा पनि मुख्य ग्याप छ राम्रा मान्छेको यो पुस्तामा । स्मरण रहोस संसारमा सरोगेट आमाको कुरा चलिरहदा, थ्रि डि प्रिन्टरको अनुशन्धान भईरहदा हाम्रा कुना कुन्दरामा अहिले पनि झाडापखालाले मान्छे लगिरहेको छ । अन्य देशका चुनाबमा पार्टिहरुका एजेन्डामा सोसियल सेक्युरिटी, हेल्थ इस्योरेन्सका व्यापक बहस चलिरहदा हामी मामाको, काकाको छोरा–छोरी, साथी या अन्य सपना, प्रलोभनमा परि भोट हाल्छौ, पार्टिको एजेन्डा र कमिटमेन्टका आधारमा भोट हाल्ने परिपाटी विकास गरिएको छैन ।
फगत जाचमा पास हुन मात्र पढिएछ तर पढाइको वास्तविक पक्षहरु र हाम्रा पढाइमा भएको कमि बल्ल बझ्दैछु जस्तो लाग्छ । स्कूले दिन याद आउछ जहा“ हरेक स्कूलमा अहिले पनि विद्यार्थीहरु बस्ने बेन्चका अनुसारले विभाजित छन् । हाम्रो पालामा पनि त्यस्तै थियो । हुन त म सधै सेकेण्ड बेन्चमा बस्थे, राम्रा पढ्ने होमवर्क गर्नेहरु कै क्याटेगोरीमा परिन्थ्यो । टिफिन टाइम पछि भागेर नदीमा नुहाउन जानेहरु सधै लास्ट बेन्चर्स पर्थे, बेन्च रित्तो हुन्थ्यो । सायद बाल मानसिकतामा ग्रुपिज्म या आफ्नो समूह भन्ने कुरा त्यहा“बाटै सुरु हुन्छ , अहिले पनि पढ्ने–पढ्ने एक ठाउ“मा, अल्छि–अल्छि एक ठाउ“मा, खेलाडी–खेलाडी एक ठाउ“मा, फेल हुन एक ठाउ“मा, अनि ती ग्रुपमा नया“ सोच, नया“ विचार कहा“बाट आउने ? “महा पुरुषको संगत गरेर” भन्ने निबन्धको याद आउछ , कयौं पटक मनोज भट्ट, पारस सिहं, नरेश भट्ट जस्ता पढन्तेको संगत गरेर केही नभएपनि असाइनमेन्ट गर्न पाइन्छ भनेर अलिक नजिक हुने प्रयास नगरेको होइन । यदि भविष्यमा विद्यार्थीहरुमा समानता र एकरुपता भन्ने ज्ञान दिने हो भने कुनै कविताको हरफलाई सप्रसंग व्याख्या गर्नु पर्दैन ।
गणेश सर सधै क्लासमा नया“ कुराहरु सुनाउनु हुन्छ । लकडाउन भन्दा अघि एउटा रिसर्चको चर्चा सुन्ने मौका पाए, सर भन्नुहुन्थ्यो,
“कक्षाकोठामा विद्यार्थीहरुलाई एक जना कपडा च्यातिएको उनीहरुकै उमेरको विद्यार्थी, एक जना उनीहरुकै बेष्ट फ्रेण्ड र अर्को एक जना सामान्य विद्यार्थीको चित्र देखाएर कक्षाकोठाको विद्यार्थीहरुलाई एक सेट कपडा सहितको खानेकुरा दिइएछ । सबैले त्यो कपडा सहितको खानेकुरा लगेर मिल्ने साथीको चित्र अगाडी राखिदिएछन् ।”
अब यहा“ प्रश्न आउछ पुनः विद्यार्थीका मस्तिष्कमा छिरेको ग्रुपिज्मको, खासमा त उनीहरुको साथी भन्दा कपडा सहितको खाने कुराको चाहना त अर्को दुःखी विद्यार्थीलाई हुन्छ हैन र ? भविष्यका कर्णधारलाई मानवता, समानता, सामाजिकता र एकरुपताको पाठ खै त ? नैतिक शिक्षाका कुराहरु सायद यहि“ आउछन् । त्यसमाथि हाम्रो पालामा त रोल नम्बरको व्यापक चलन, मैले दोस्रो बेन्चमा बसेर कहिल्लै रोल नं. एक ल्याउन सकिन र पछि सम्म रोेल नं. एकको डाह लागिरहन्थ्यो । एक कक्षा देखि छ सात पढुन्जेल रोल नं. एकको महत्व बुझिएन, रोल नं. एक पनि भयो तर प्राथमिक तह सकिरहदा रोल नं. एक ल्याउने साथीको गुणगान बुवा आमाको मुखबाट धेरै सुनियो, यसपाली तैले रोल नं. एक ल्याइस भने तलाई गियर वाला साईकल किनिदिन्छु भन्नु भएको थियो, त्यो बर्ष प्रयास गरे अलिक सिरियस भएर तर मेरो जोर चलेन । त्रिहत्तर जनाको कक्षाकोठामा एक जना रोल नं. एक भएकाले बा“की म जस्ता छ दर्जनलाई यस्तो लाग्थ्यो मानौ हामी त्यो क्लासको दोस्रो दर्जाका नागरिक हौ“ । मलाई आफूले रोल नं. एक ल्याउदा नसकेकोमा डाढ लाग्छ, अझैपनि आफूभन्दा राम्रो गर्ने मान्छेलाई देखेर खुसी कम इष्र्या बढि लाग्छ , यो क्रमको सुरुवात त्यहा“बाटै भयो शायद । शायद मैले र म जस्ताले अरुले गरेको देखेर इष्र्या नगरी त्यो इनर्जी आफूले राम्रो गर्न तर्फ लगाएको भए आज म अन्त कतै अझ राम्रो मान्छे , गुनी मान्छे पो हुन्थे कि ?
समाजमा एउटा प्रतिष्पर्धा छ जुन प्रतिष्पर्धामा हामी सबै प्रत्यक्ष र परोक्ष रुपमा सामेल छौ“ र यहि प्रतिष्पर्धाले अस्वस्थ सोच र अनगिन्ती भ्रष्टाचार जन्माएको छ । कसले के ग¥यो भन्दा पनि कति कमायो भन्ने कुरालाई धेरै महत्वका साथ हेरिन्छ । एउटा घर त काठमाडौंमा जसरी पनि बनाउनै पर्छ , त्यसपछि सानो गाडी अनि दुईचार फेर विदेश यात्रा, यी सब कुराहरु पुरा गर्नलाई हामी सोझो र बाङ्गो दुबै बाटो अपनाउन बाध्य हुन्छौ । यो एउटा भ्रम हो, एउटा फगत फर्मुला । समाजले पनि यही फर्मुलालाई प्रश्रय दिन्छ , मान्छेले के ग¥यो भन्दा पनि कति कमायो भन्ने कुराले महत्व राख्छ अनि कमाउनको चक्करमा प्रतिभाहरु विलाएर जान्छ । कमाउनु नराम्रो होइन तर कमाउने क्रममा धेरै गुमाईरहेका हुन्छौ ।
त्यसैले त यहा“ घरहरु ठूला–ठूला छन् तर परिवार सा“घुरिदै गएको छ , चुलाहरु थपिदै गएका छन् । ओछ्यान मखमलका होलान तर निन्द्रा लाग्दैन, चिल्ला गाडी छन र बाटाहरु फराकिला हुदै गएका छन् तर दुर्भाग्य गन्तव्यको कमि छ ।
यो कृतिम सपनाहरु केवल एउटा रेस हो, रिले दौड र हामी अरु नै कसैको सिर्जित सपना बोकेर कुदिरहेका छौ“ जस्तो लाग्छ । यो घर, गाडी, विदेश र पैसाभन्दा माथी नि केही हुनुपर्छ , हामी सबैको पोल्टोमा त्यो कुरा खोजौ“ र लागिपरौ“ । एकफेर लोकसेवा तर्फ फर्किन मन लाग्यो, मेरो बुवाले पनि मलाई सधै लोकसेवा पढ भनेर भन्नुहुन्थ्यो ः–“ ए केटा ¤त यत्तिकै नबस लोकसेवा पास गरिस भने घुम्ने कुर्सिमा बस्न पाउलास, गतिलैले छोरी देलान् ¤ बर्षै पिछे तलब बढ्छ । ” त्यही रहरले लोकसेवाको फारम भरे । पहिलो पटक कस्ता प्रश्न आउने रहेछन् भनेर जान्न मात्रै परिक्षमा बस्न मन थियो । बुवाकै सल्लाहमा खरिदार बन्ने ईच्छाका साथ केहि समय अघि लोकसेवा आयोगको प्रशासन तर्फको परिक्षमा सामेल भएको थिए“ । उक्त परिक्षाको प्रश्नपत्रमाप्रश्नहरुयस्ता थिए –
१) बूहस्पति ग्रहका कति वटा उपग्रह छन् ?
म झुक्कीएँ । सातो गयो । खरिदार बन्न भनेर परिक्षा दिन आएको मान्छे भुलवस इन्जिनियरिङ सेवाको परिक्षमा त छिरिनँ? या नेपाल सरकारले निजामती तर्फ ज्योतिष सेवा गठन त गरेन ? भन्ने भाउन्न भयो । उहिले हजुरबाले “ब्रह्मा–मुरारी त्रिपुरान्तकारी ........ भनेर भट्भट्याउँदा बृहस्पतिको नाम सुनिन्थ्यो !!!
कमेजका बाहुलाले परसिना पुछेँ । कता खरदार बनेर सिफारिसपत्रमा हस्ताक्षर ठोक्ने रहर कता खगोल – भुगोलका प्रश्न !
बृहस्पतिका उपगह्र ३० भए पनि ३०० भए पनि खरदारलाइृ के फरक पर्छ र ? कि उपग्रह कति छन् भनेर मिलायो भने मात्रै प्रमाणपत्रमा खरदार को हस्ताक्षर देखिने नत्र बृहस्पति ग्रह रिसायर हस्ताक्षर अदृश्य बनाउने हुन्की ? यो भुस भरिएको
दिमागमा यो कुरा अहिले सम्म छिर्न सकेको छैन ! पश्नपत्र बनाउने मान्छे झुक्कियो होला, ठीकै छ अर्को प्रश्नको उत्तर दिन्छु भनेर हेरे
२) पानी भित्र बसेर पानी बाहिर देख्न सक्ने प्राणी कुन हो ?
मेरो फेरी पनि सातो गयो । हे भगवान् ! अब कुन चाही लेखौँ ? अघिल्लो प्रश्नमा खतरा आकाशबाटमात्रै थियो, यहाँत खतरा जलबाट पनी । प्रश्न १,२ छोडेर अगाडी बढेँ ।
३)पृथ्वीनारायण शाहका श्रीमती कति वटी थिए ?
हे भगवान् ! के दशा आईलागे ? अघीसम्म आकास र जलबाट खतरा थियो, अब खतरा जमिनबाटै देखियो ।
मैले पृथ्वीनारायण शाहको चित्र सम्झँे । बाक्ला अरिमठ्े जुङ्गा । एउटा हात तलवारमा राखेर अर्कौ हातको औलाँ ठड्याएइरहेका ! लाग्यो – मलाई पख भनेर औलो देखाएका छन् । हातमा भएको तलवार निकालेर नचाए भने म त स्वस्थानीमा बिरभद्रले टाउको छिनाएको दक्षप्रजापती जस्तो हुन्छ । तै विसेक उनको टाउको त महादेवले जोडिदिएथे, मेरो टाउको कसले जोडिदिने ?
अर्को कुरा पृथ्वीनारायण शाहका श्रीमती चाहे तीन जना होउन् चाहे तीन सय जना होउन् त्यसले खरदारकने काम मा के फरक पार्छ र ।पृथ्वीनारायण शाहका श्रीमती तीन वटी थिए भनेर मिलाउने खरदारको कासमु –(कार्यसम्पादन मुल्याङ्कन ) गर्न पृथ्वीनारायण त आउदैनन् पकै !
एवं रितले प्रश्न हेर्दे गएँ, कतै छादेर मरेको इतिहास, कतै तन्त्र बिग्रीएर राजा मरेको इतिहास । कतै फ्रान्सको क्रान्ति रे कतै रानी पोइला जान्थि रे ! यस्ता अनेकौ जघन्य प्रश्नको जवाफ दिनसक्ने खुबी म सगँ रहेन वुबा ! यि घनघोर घटाटोप प्रश्नहरु जानेर या नजानेर सरकारी जागीरेलाई कुनै फरक पर्दैन ।
एक दिन फुलवारी खबरमा विहानको चिया संगै यो लेख अवश्य पढ्नुहुन्छ ।माफ पाउ“ बुवा, मैले अब लोकसेवा कहिल्यै पढ्दिन साथीसंग किताब मागेर राति–राति भिडियो कल गर्दै पान गुट्का खाएर निन्द्रा भगाउदै पढ्ने व्यर्थ प्रयास अब देखि गरिदैन । मैले ती राजामहाराजाको वंश र कसको पालामा के कुरा सुरु भयो, कुन देशको के कुरा प्रचलित जनावर र पहाडका नाम र इतिहासका संवतहरुलाई फर्मुला बनाएर रटेर केही गर्छु भन्ने कुराको केही तुक देखिन । दोस्रो बेन्चमै बसेको भएपनि हजुरको छोराले त्यत्रो बोझ उठाउन सकेन ।
तर कही“ ढंगको कामको शिलशिलामा छु , सञ्चयकोष नपाक्ला तर अब डिजिटल्ली अरु नै केही कमाउछू तर समाजलाई केही राम्रो गर्ने प्रयास सम्म गरेरै बस्छु , आखिर छोरा कसको ?