जापान भ्रमणमा रहेका मन्त्री बलायर र समकक्षी कात्सुनोरी ताकाहान्सीबीच भेट

जापान, ३० असोज, जापानको साताव्यापी भ्रमणमा रहनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायर र जापानका संसदिय उपमन्त्री तथा भुमी, पुर्वाधार, यातायात र पर्यटन मन्त्री कात्सुनोरी ताकाहान्सी बिच आज भेटवार्ता भएको छ । भेटमा दुर्इ पक्षिय हितका बिषयमा छलफल भएको छ । नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्दै मन्त्री बलायरले जापानले नेपालको भौतिक पुर्वाधारको क्षेत्रमा गरेको सहयोगको प्रशन्सा गर्दै आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताए । नेपालको विकासको गतिमा अघि बढिरहेको बताउँदै मन्त्री बलायरले सडक सुधार र विकासका लागि सुरुङ्ग मार्ग अत्यन्त प्रभावकारी हुनेतर्फ जोड दिए । पालको भु–बनोट अनुसार, पनि सुरुङ्ग मार्ग अत्यन्त प्रभावकारी भएकोले सुरुङ्ग मार्गको निर्माण आफ्नो उच्च प्राथमिकता रहेको बताए । प्रत्युत्तरमा जापानी उपमन्त्री कात्सुनोरी ताकाहान्सीले नेपाल–जापानको असल मित्रराष्ट्र भएकोले जापान नेपालको विकासका लागि सदैव सकारात्मक रहेको बताए । उपमन्त्री ताकाहान्सीले नेपालमा सुरुङ्ग मार्ग निर्माणमा जापान सरकारको पहिलो प्राथमिकता रहेको समेत जानकारी दिए । जापान भ्रमणमा मन्त्री बलायरका साथ मन्त्रालयका सचिव देवेन्द्र कार्की , सहसचिव, सडक विभागका महानिर्देशकलगायतका सदस्यहरु रहेका छन् । भ्रमणमा मन्त्री बलायरले त्यहाँको टनेल (सुरुङ्ग) मार्गका बारेमा अध्ययन अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। नेपालमा सम्भावित सुरुङ्ग मार्गका लागि यो भ्रमण अत्यन्तै फलदायी हुने विश्वास मन्त्री बलायरको छ । जापान भ्रमण सकि मन्त्री बलायर बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्री बलायरका प्रेस संयोजक रमेश जोशीले जानकारी दिए ।