प्रदिप मलासी
बझाङ २३ फागुन / बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका स्तरीय किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । बुधबार देखी संचालन भएको दुई दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको उक्त कार्यक्रमा नगरपालिका भरिका स्वास्थ्य चौकीका प्रमुख , केही महिला स्वस्थ्य स्वयम् सेविका, शिक्षक, शिक्षीका, जनप्रतिनीधी र किशोर किशोरीहरुको सहभागीता रहेको जयपृथ्वी नगरपालिका बझाङका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर सिहँले बताए।
सन २०२५ सम्म सबै किशोर किशोरीहरुले स्वस्थ र उत्पादनशिल जीवन यापन गर्नका लागी सकारात्मक जीनशैली अबलम्बन गर्ने, सबै किशोर किशोरीहरुका लागी सुरक्षीत सहयोगी र संरक्षित वातावरण निर्माण गर्ने, किशोर किशोरीहरुको उमेर सुहाउदो स्वास्थ्य र विकास सम्बन्धि सुचनामा पहुँच बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । यस्तै सुस्वास्थ्य र विकासका लागी शाररिक तथा मानशिक रुपमा सशक्त तुल्याउ र किशोर किशोरी मैत्री गुणस्तरीय स्वास्थ्य एवं परामर्स सेवामा पहुँच र उपयोग बढाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशाशकिय अधिकृत सिहँले जानकारि दिए ।
अधिकांश किशोर किशोरीहरु कुलतमा फस्ने सम्भावना रहेका कारण किशोर किशोरीहरुको बढी रेखदेख तथा ख्याल अभिभावक र समुदायले गर्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशिले बताए । ९ बर्ष देखी १९ बर्ष मुनीका उमेर समुहकालाई किशोर किशोरी भनीने भएका कारण यो समयमा अभिभावकहरुले बढी संबेदनशिल हुनु पर्ने र आफ्नो जीम्मेवारीको भुमीका यसै समयमा निर्वाह गर्नु पर्ने बताए । यही समुहका किशोरहरु लागु औषधमा फस्ने, वालविवाह गर्ने लगायतका धेरै कारण हुने भएकाले यस बाट आ आफ्ना छोरा छोरीलाई जोगाउन सबै अभिभावकहरुले बढी ख्याल राख्नु पर्ने जोशिले बताए ।
कार्यक्रममा बोल्दै युएनएफपिएका जिल्ला संयोजक धन बहादुर लम्सालले युएनएपिए र युनिसेफले बझाङ जिल्लाका ४८ वटा स्वास्थ्य संस्थाहरु मध्ये २७ वटामा स्वास्थ्य संस्थाहरुमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा दिदै आएको बताए । किशोर किशोरीहरुलाई नै मध्यनजर गर्दै विभिन्न सचेतना मुलक कार्यक्रमहरु र अभिभावकहरुलाई समेत विभिन्न गोष्ठी, सडक नाटक मार्फथ पनि सचेतना फैलाउदै आएको उनले बताए ।
देशका भविष्य भनेका किशोर किशोरीलाई नै लिन सकीने कार्यक्रममा सहभागीहरुको भनाइ थियो । बझाङ जिल्लामा मात्रै नभएर सुदुरपश्चिम प्रदेश भरि नै किशोर किशोरीहरुमा सरकारको लगानी न्युन रहेको र सबै जिल्लाका जनप्रतिनीधी तथा सबै पालिकाहरुले किशोर किशोरी मैत्री वातावरण बनाउन लागनी गर्न आवष्क रहेको युनिसेफ नेपालका प्रतिनीधी सिता सुनारले बताईन् । साथै उनले युनिसेफ नेपालको आर्थिक तथा प्राविधीक सहयोगमा नै खोप मातृ तथा नवशिशु वाल स्वास्थ्य सम्बन्धि समेत २ दिने योजना तर्जुमा गोष्ठी समेत सम्पन्न गरिएको बताईन् । किशोर किशोरी उमेर समुहमा नै उनिहरुको शाररिक मानशिक तवरमा समेत परिवर्तन हुने हुदा यस समयमा उनीहरुलाई विभिन्न कुराको ज्ञानको आवष्यक पर्ने भएकाले यसमा स्थानीय निकायले चाँसो राखी विभिन्न ग्रामीण बस्तिहरुमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नु आवष्यक रहेको उनको भनाई छ । युनिसेफ नेपालको आर्थिक तथा प्राविधीक सहयोग र जयपृथ्वी नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन भएको थियो ।