योगेन्द्र चन्द ,डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिकाको वडा नम्बर २ सिर्मा गाउँमा चट्याङ पर्दा ६० बर्षिया जस्मादेवी ओलीको मृत्यु भएको हो ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक वीर बहादुर वुडा ऐरले बुधबार साँझ ६ः१५ बजे घरको माथिल्लो तलामा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको जानकारी दिए ।चट्याङ लागेर गोठमा रहेको एक बाख्राको समेत मृत्यु भएको छ।