काठमाडौं,२२ फागुन । कोरोना भाइरस ९ कोभिड–१९० ले भारतको जनजीवन पनि अस्तव्यस्त पार्दै लगेको छ । अहिलेसम्म २९ जनालाई संक्रमण भइसकेको छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् ।
यसअघि ३ जनामा फेब्रुअरीमा संक्रमण देखिएको थियो । सोमबार २, मंगलबार ८ तथा बुधबार इटालीबाट फर्केका १५ जना र पेटिएमको गुडगाउँमा कामा गर्ने एक १ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । यी कर्मचारी पनि हालै इटालीबाट फर्केका थिए ।
भारत सरकारले १९ नयाँ ल्याब संचालनको तयारीमा रहेको जनाएको छ । इरानमा फसेका भारतीयहरु फर्किन चाहे पनि सकिरहेका छैनन् ।
भारत सरकारले इरानको तेहरानमै ल्याब बनाउने तयारीसमेत गरेको बुझिएको छ ।
संक्रमित कहाँका, कस्तो छ हालत ?
जयपुरमा १७ जना – इटालीबाट फर्केका यिनीहरुमा संक्रमण भएको हो । यिनीहरु राजस्थानका ६ जिल्लामा ८ दिनसम्म घुमेका थिए ।
भारतीय ड्राइभरले घुमाएका थिए । यिनीहरुको आईटीबीपी क्याम्पमा उपचार भइरहेको छ । यीमध्ये एक जनाको जयपुरको अस्पतालमा आइसीयुमा राखिएकामा त्यहाँ भएका अन्य ६० बिरामीमा पनि सरेको आशंकामा निगरानीमा राखिएको छ ।
आगरामा ६ जना – इटालीबाट पर्केका संक्रमित व्यक्ति आफन्तसंग घुलमिल हुँदा ६ जनामा फैलियो ।
केरलमा ३ जना– जो विदेश यात्रा गरी फर्केका थिए । यिनीहरु पूरै निको भएका छन् ।
दिल्लीमा १ जना – जो इटालीबाट फर्केका थिए । उपचार जारी छ ।
तेलंगानामा १ जना – इटालीबाट फर्केका उनको सम्पर्कमा आएका ८८ जना निगरानीमा छन् ।
अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
नब्बे हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने ३ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ ।