जनक साउद, बैतडी । बैतडीको चितुवा आतंकित क्षेत्र तल्लोस्वराडमा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन । आक्रमणबाट शिबनाथ गाउपालिका ४ खडितका १७ बर्षिय हर्क बहादुर साउद घाईते भएका हुन ।
हिजो साझ करिब ७ बजेतिर आफन्तको घरमा पुजामा गई रहेका उनलाई चितुवाले आक्रमण गरि घाईते बनाएको हो । घाईते साउदको पिपलकोट उपस्वास्थ्य चौकिमा उपचार हुँदै छ । बैतडीको तल्ली स्वराड क्षेत्रमा चितुवाले आतंक मच्चाउने गरेको छ । यो भन्दा अगाडि बैतडीमा जरभंक्षि चितुवाले झन्डै दुई दर्जन जतिको ज्यान लिईसकेको छ ।