डडेल्धुरा: डडेल्धुरामा एक सरकारी कार्यालयमा आइतबार राती बजे बम बिष्फोट गरिएको छ।
सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा सामान्य क्षति भएको छ।
प्रहरीले भने कार्यालयको झ्यालमा समान्य क्षतिमा भएको तर बमको कारण होकी होइन भनेर अहिले यकिन गर्न नसकिने बताएको छ। घटनाबारे अनुन्धान भएपछि मात्रै पूर्ण विवरण आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने बताए।
डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेकोमा सुतली शैलीको बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन्।