धनगढी, २९ पुस/नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट एक कार्यक्रम बीच सम्मानित भएका छन् ।
आफूमा भएको सीप, परिश्रम र लगनशीलताले सुदूरपश्चिम प्रदेशको पर्यटन तथा समाजसेवामा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७६ अत्तरिया कैलालीले उनलाई सम्मान गरेका हुन् ।
आईतवार महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथिसमेत रहेका सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको बाहुलीबाट सम्मान–पत्र र दोसल्लाद्वारा अध्यक्ष भट्ट लगायत उद्योगी लालबहादुर बोगटी, यातायत ब्यबसायी टेकराज जोशी, कृषक बिरेन्द्र भण्डारी र गोदावरी धामका अध्यक्ष पदमराज जोशी सम्मानित भएका छन् ।
“गहकिला बहस, ठोस निष्कर्ष र त्यस आधारमा बन्ने योजनाले पर्यटन क्षेत्रको विकाससँगै समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।” भन्ने मान्यता बोकेका अध्यक्ष भट्ट पर्यटन प्रबद्र्धनको फाँटमा दशकौंदेखि लागिपरेका छन् ।b