धनगढी २९ पुस – जाली गाउँ माघी महोत्सव २०७६ तथा खुला पेनाल्टी सुटआउट फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । न्यु उपदेश युवा क्लवको अयोजनमा धनगढी उपमहानगरपालिका ६ जालीमा आयोजना भैरहेको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश उद्योग, वन बताबरण तथा पर्यटन मन्त्री माया भट्टले गर्ने कार्यक्रम रहेको आयोजक उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
महोत्सवमा भलमन्सा चयन खोज्नीबोज्ने, पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायकाकला संस्कृतीको प्रदर्शनी, माघी स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सकिया नाच लगाएतका कार्यक्रमहरु रहेका छन् । ४० वटा स्टल रहेको महोत्सवमा बिशिष्ठ अतिथी सुदूरपश्चिम प्रदेश सभाका सदस्य डिल्लीराज पन्त तथा धनगढी उपमहानरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट रहने आयोजक समितिका संयोजक बेदप्रशाद चौधरीले जानकारी दिए ।
धनगढी उपमहानगरपलिका ६ जालीमा पुस २९ देखीमाघ ३ गते सम्म लाग्ने माघी महोत्सवमा सुरुको दिन पेलान्टी सुटआउट प्रतियोगिता बताईएको छ । प्रतियोगितामा विजताले ५० हजार र उपविजेताले २५ हजार प्राप्तगर्ने छन् । भने प्रतियोगितामा ५० टिम भन्दा बढीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा माघ १ गते भक्तजनका लागि कुण्डमा स्नानको व्यवस्था, पुजा पाठ तथा भजन कृतन र रमाईलो मेलाको कार्यक्रम रहका छन्, भने माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ । विभिन्न राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुती रहने महोत्सवमा निसर्ग अस्पतालको निशुल्क स्वास्थ्य चेकजाचँ शिबिर तथा भयनेटको निशुल्क ईन्टनेटको व्यवस्था गरिएको छ ।
भ्रमण बर्ष २०२० लाई सफलपार्न थप टेवापुग्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवबाट थारु संस्कार, संस्कृति र खानपानको अनुभब गर्न सकिने छ । महोत्सव अवधिमानि शुल्कप्रवेशको व्यवस्था गरेको छ भने ५० हजार भन्दा बढी दर्शकले अवलोकनगर्ने अपेक्षा गरिएको छ ।