कैलालीको गोदावरीमा बाह्र राशि दर्शन मकर मेला २०७६ हुने
Tej Bohara
2076/09/18
धनगढी, १८ पुस / कैलालीको गोदावरीमा बाह्र राशि दर्शन मकर मेला लाग्ने भएको छ । आयोजक गोदावरी धाम समितीले आज धनगढीमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो ।
पुस २९ गते देखि माघ १२ गते सम्म सञ्चालन हुने जनाएको छ । हरेक १२ बर्षमा कुम्भ मेला ,६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने योजना रहेको जोशीको भनाई छ ।
कुम्भ मेलाको इतिहाँसमा प्रत्येक बर्षमा एक न एक १२ राशीमा कुम्भ मेलाको योग हुने किम्बदन्ती रहंदै आएको छ । अहिलेसम्म कुम्भ मेला ४ वटा भारतमा हुने र बाँकी ८ वटा देब लोकमा रहेको ईतिहासमा उल्लेख गरिएको छ ।
१२ दिन सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन ।
मेला अवधिभर ४ लाख देखि ५ लाख सम्म दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको गोदावरी धाम समितीका अध्यक्ष पदम राज जोशीले बताए ।