धनगढी, १४ पुस/ धनगढी उप–महानगरपालिकाले जिल्ला कारागार शाखा कैलालीका कैदीवन्दीलाई सोमबार कम्वल वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीले उपलब्ध गराएका ३ सय थान कम्वल धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैदीवन्दीलाई हस्तान्तरण गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिकालाई हरेक क्षेत्रबाट सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाईटी कैलालीलाई धन्यवाद दिए । यसले केहि सम्म भएपनि कैदीवन्दीलाई राहत पुग्ने नगरप्रमुख वडले बताए । उनले कारागारलाई सुधारगृहको रुपमा बुझ्ने गरिन्छ नगरप्रमुख वडले भने, त्यसैले यहाँ बाट निस्केर पनि समाजमा राम्रो ब्यक्तिको रुपमा स्थापित हुन सकिन्छ । नगरप्रमुख वडले कारागारका कैदिवन्दीलाई आवश्यक पर्ने आत्मनिर्भर हुने किसिमका तालिमहरु उप–महानगरले कारागार भित्रै संचालन गरिहरेको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कारागारमा रहेका कैदिवन्दीले आफ्नो ब्यावहारमा सुधार गरेमा उनिहरुका लागि राहतका कार्यक्रम ल्याउन आफुहरु तयार हुने बताए । उनले भने, तर ब्यावहार सुधार भएन, गलत गतिविधी देखायो भने कानुनको अधिनमा रहेर कार्वाही गरिन्छ ।
जिल्ला कारागार शाखा कैलालीका ५ सय २८ जना कैदिवन्दीहरु रहेका छन् । क्षमता भन्दा बढी कैदिवन्दी हुदा समस्या हुने गरेको छ । यसैगरि चिसोबाट बच्नका लागि कैदीवन्दीलाई दाउरा समेत धनगढी उप–महानगरपालिकाले वितरण गरेको छ ।