कैलाली १३ पुस/ धनगढी उप-महानगरपालिका मेयर नृप बहादुर वडले फुलवारी महोत्सवलाई उपमहानगरको साझा महोत्सव बनाउने उद्घोष गरेका छन ।
आइतबार चौँथो संस्करणको फुलवारी महोत्सव २०७६ को उद्घाटन समारोहमा बोल्दै मेयर वडले साझा महोत्सव बनाउने बताएका हुन ।
उनले उप महानगरपालिकाको विकासको लागी आफू सधै सक्रिय रहेको बताउदै, नगरमा नेतृत्व लिएपछि विकासले गति लिएको बताए ।
कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचनमा पराजित भएपनि काङ्ग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले मोहना नदिमा तटबन्ध निर्माणको लागी आर्थिक सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे ।
नवबुद्ध युवा क्लबको आयोजनामा उपमहानगरपालिका १४ फुलवारीमा सञ्चालन भइरहेको महोत्सवको आइतबार औपचारिक उद्घाटन गरिएको छ ।
त्यस्तै आयोजक क्लवका अध्यक्ष मेहश गोलेले उद्घाटन कार्यक्रममा बोल्दै फुलवारी महोत्सवलाई उपमहानगरको साझा बनाएर लैजानुपर्ने बताए ।
नगर प्रमुख वड प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य जमुना भण्डारीले गरेकी थिइन भने कार्यक्रम सन्चालन कृतबहादुर बिष्टले गरेका थिए ।
महोत्सव अवधिभर उमादेवी खनाल र अमर लामाको प्रस्तुति रहनेछ । भने महोत्सवमा सोमबार बिन्दु परियार र चेतन बोहराको प्रस्तुति रहेको छ ।
महोत्सवमा प्रकाश सपुत, चक्र बम, मेलिना राई, दुर्गेश थापा, प्रिति आले, कमला घिमीरे, टंम तिमिल्सेना, ज्योति मगर, पशुपति शर्मा, लाल बहादुर धामी लगाएतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा जिल्ला स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगिता , बिद्यालय स्तरीय नृत्य प्रतियोगिता , बिभिन्न सांस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेका छन । आईतबार बाट सुरु भएको महोत्सव पुस २२ गते सम्म सञ्चालन हुनेछ ।