कञ्चनपुरको कृष्णपुरका सन्तोष पन्त वेदकोट स्थित महाकाली सिँचाइको नहरमा बिहीबार बिहान मृत फेला परेका परेका छन । महाकाली सिचाई नहरको बीच भागमा डुबेको अवस्थामा पन्तको शव देखिएको प्रहरीले पुष्टी गरेको छ ।
प्रहरीका अनुसार पन्त अध्ययनको सिलसिलामा महेन्द्रनगरमा बस्दै आएका थिए । आफन्तको विवाहका लागि गएका पन्तको शव वेदकोट नगरपालिका वडा नम्बर १० सिसैया भन्ने स्थानमा नहरको बीचभागमा डुबेको अवस्थामा फेला परेको हो ।
नहर किनारमा मोटरसाइकल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।