धनगढीको पुरानोफुलबारी बसपार्कमा संविधान दिवस मनाईयो

असोज ०३, धनगढी / धनगढी उपमहानगरपालिका १ पुरानो फुलबारी बसपार्क स्थित पुरानो फुलबारी चिया चौतारीले संविधान दिवस शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ । ‘नेपालको संविधान २०७२’ देशमा लागु भएको दुई बर्ष पुरा गरेको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको हो । धनगढी उपमहानगरपालिकाका मेयर नृप वड प्रमुख अथिती रहेको कार्यक्रम चिया चौतारीका अध्यक्ष धन बहादुर बमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपालको नक्सामा नेपालको झण्डा बनाईएको थियो भने नक्सामा मैनबत्ति बालिएको थियो । धनगढी उपमहानगरपालिकाका उप मेयर सुशिला मिश्र भट्ट बिशिष्ट अथिती रहेको उक्त कार्यक्रममा समाजसेवी ज्ञानेन्द्र शाह, दिर्घराज ओझा, उद्धव भट्टको उपस्थित रहेको नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधीअमृत बिसीले जानकारी दिए ।