विद्यार्थी तथा शिक्षा जगतमा अनुशासन कायम राख्दै सेवामुखी कार्य गर्ने र देशको राष्ट्रियता, धर्म संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आएको नेपालका विद्याथर्ाीहरुको संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
‘राष्ट्रका लागि एक संकल्प’ भन्ने नाराका साथदेशैभरी देखिएको रगत अभावलाई परिपुर्ती गर्ने उद्देश्यका साथ आफ्नो पच्चिसौँ स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम गर्ने तय गरेको हो ।
मंगल मंसिर २४ गते देशका २५ ठाउँमा एकैसाथ कार्यक्रम आयोजना गरिएको छ । परिषद्को २५ औ स्थापना दिवसको अवसरमा २५ औ स्थानमा हुने रक्तदान कार्यक्रमबाट रगत संकलन गरिएको परिषद्का भीमदत्त नगरपालिकाका नगर सचिव शुशीला विष्टले जानकारी दिइन् ।
कञ्चनपुरको महेन्द्रनगरको सुदूरपश्चिम विश्वविद्यालयमा भएको रक्तदान कार्यक्रमबाट पनि रगत संकलन गरिएको नगर सचिव विष्टले जानकारी दिइन् ।
महेन्द्रनगरमा मंगलबार रक्तदान कार्यक्रम सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्ाम्पसको प्राङ्गणमा आयोजना गरिएको सचिव विष्टले बताईन् ।
परिषदले स्थापनाको रजत जयन्तीका अवसरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
मंगलवार विश्वविद्यालयको व्यवस्थापन संकायको प्राङगणमा परिषदको २५ औँ वार्षिकोत्सवका अवसरमा १४ जना विद्यार्थीले रक्तदान गरेका हुन् ।
विश्वविद्यालयमा आयोजित रक्तदान कार्यक्रम को अध्यक्षता जन ज्योती क्याम्पसका उप प्रा० नन्दा जोशीले गरेकी थिइन् भने कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालय नेपाली विषयका सह प्रा० डा० हरीश चन्द्र भट्ट रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा सुदूरपश्चिम विश्वविद्यालय राजनीति शास्त्र विषयका प्रा० डा० मुकुन्द कलौनी रहनु भएको थियो । अन्य अतिथिहरुमा हिन्दू स्वयं सेवक संघ नेपालका धर्म जागरण विभाग प्रमुख देवी भारती, हिन्दू स्वयम् सेवक संघ नेपालका सह राष्ट्रिय कार्वाह हर्केश बिष्ट रहनु भएको थियो भने परिषद्का नेताहरु योगेश भट्ट, सुषिला बिष्ट, अर्जुन महरा, लीलावती भट्ट आदिको कार्यक्रममा सकृय भूमिका रहेको थियो ।
कार्यक्रमको सन्चालन गोविन्द धामी र परिषदका कञ्चनपुर संयोजक केशव जोशीले गरेका थिए ।