विद्यार्थी तथा शिक्षा जगतमा अनुशासन कायम राख्दै सेवामुखी कार्य गर्ने र देशको राष्ट्रियता, धर्म संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आएको नेपालका विद्याथर्ाीहरुको संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालले खुला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
‘राष्ट्रका लागि एक संकल्प’ भन्ने नाराका साथदेशैभरी देखिएको रगत अभावलाई परिपुर्ती गर्ने उद्देश्यका साथ आफ्नो पच्चिसौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने तय गरेको छ ।
आज मंसिर २४ गते देशका २५ ठाउँमा एकैसाथ कार्यक्रम हुने भएको छ । परिषदले उक्त कार्यक्रम रजत जयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । परिषद्को २५ औ स्थापनाा दिवसको अवसरमा २५ औ स्थानमा हुने रक्तदान कार्यक्रमबाट रगत संकलन गर्ने लक्ष्य राखिएको परिषद्का भीमदत्त नगरपालिकाका नगर सचिव शुशीला विष्टले जानकारी दिइन् ।
कञ्चनपुरको महेन्द्रनगरको सुदूरपश्चिम विश्वविद्यालयमा हुने रक्तदान कार्यक्रमबाट पनि रगत संकलन गरिने नगर सचिव विष्टले जानकारी दिइन् ।
महेन्द्रनगरमा मंगलबार रक्तदान कार्यक्रम सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्ाम्पसको प्राङ्गणमा आयोजना गरिएको सचिव विष्टले बताईन् ।
सचिव विष्टले महेन्द्रनगरमा रहेका सम्पूर्ण विद्याथर्ाी वर्गहरुमा राष्ट्रको पुनित कार्यका लागि रक्तदान गर्न आग्रह समेत गरेकी छिन् ।