नेपाल रानाथारु समाज केन्द्रीय कार्य समिति(कञ्चनपुर-कैलाल)को अध्यक्षमा कृपाराम राना चयन भएका छन् ।
धनगढीमा सम्पन्न भएको समितिको ६औँ अधिवेशनबाट कृपाराम राना अध्यक्षमा चयन भएका हुन् । नेपाल रानाथारु समाज केन्द्रीय कार्य समितिका पुर्व महासचिव राज कुमार रानाले सहमतीय आधारमा समिति चयन नगरेको बताए ।
उपाध्यक्षमा ओम प्रकास राना, कमल सिह राना, महासचिव झाज राना, सचिव चन्द्रकिरण राना, सचिव द्रोपती राना, कोषाध्यक्ष कन्दकला राना चयन भएका छन् । भने सदस्यहरुमा रामबेटी राना, कृष्णा कुमार राना, साहिब राना, शिवकुमार राना, भगिरथ राना, गर्भु राना, झेली राना, रामसेवक राना चयन भएका छन् ।
समितिका नव अध्यक्ष कृपाराम रानाले राना समुदायको हकहितका पक्षमा काम गनर्ेे जनाएका छन् ।