कैलालीमा सशस्त्र प्रहरीले अवैध चोरी निकासी नियन्त्रणका लागि चलाएको विशेष अप्रेशनका क्रममा तीन महिनामा ७२ लाख राजस्व संकलन गरेको छ। सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको तीन महिनामा अबैध सामान बरामद गरी ७२ लाख ५८ हजार दुई सय ८५ रुपैया राजस्व संकलन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
यस्तै पाँच लाख ४९० हजार छ सय ३३ रुपैया बराबरको अवैध औषधी, दुई लाख १५ हजार तीन सय ५० बराबरको कुखुरा र एक लाख ४६ हजार सात सय ९० पटका पनि बरामद गरी नष्ट गरिएको छ। ७४ हजार पाँच सय बराबरको अवैध काठ र १५ हजार बराबरको मिठाई समेत बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ।