राधा फुलारा
डडेल्धुरा १ असोज/ देशै भरी फैलिएको डेंगीको सक्रमण बाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना र्याली सहित औषधी छर्किएको छ । बुधबार बिहान जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा नेपाली कांग्रेस डडेल्धुराले डेंगी रोगको संक्रमण बाट जोगित स्थानिय आफै सचेत रहौ भन्दौ र्याली सहित बजार क्षेत्रका नाली एवं फोहोरमा लामखुट्टे मार्ने औषधी छर्केको हो ।
सरकार अन्धो छ, जनता आँखा खोलौ, डेंगु प्रती सचेत रहौ, घर आगन सफा राखौ । भन्ने नारा लेखिएको ब्यानर संगै कांग्रेसले सदरमुकामको बजार क्षेत्रमा औषधी छर्केको छ । तराईका जिल्लाहरुमा लामखुट्टेको टोकाई बाट फैलिने डेंगी रोगको संक्रमण पछिल्ला बर्षहरुमा पहाडी लगायत हिमाली जिल्लाहरुमा पनि देखिन थालेकाले सचेत रहौ भन्दै र्याली निकालिएको नेपाली कांग्रेस डडेल्धुरा सभापती कर्ण बहादुर मल्लले बताए ।
डडेल्धुरा जिल्लाका तिन जना स्थानियहरुमा अहिले सम्म डेंगी रोगको संक्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्यांक छ । अमरगढी नगरपालिका वडा नं। १ का ५५ बर्षिय एक महिला, गन्यापधुरा गाउपालिका ३ कि ३० बर्षिय महिला र आलिताल गाउपालिका वडा नं. १ का २४ बर्षिय युवामा डेंगी रोको सक्रमण देखिएको अस्पतालले जनायो । यस्तै एक जना बझांग र एक जना डोटी बाट अस्पताल पुगेका विरामीमा पनि डेंगीको संक्रमण देखिएको अस्पतालका मेसु डा. जितेन्द्र कंडेलले बताए ।
डडेल्धुरामा डेंगी रोग भन्दा पनि स्क्रवटाईफसको संक्रमण बढी फैलिएको छ । पछिल्लो तिन साता यता अस्पताल पुगेका विरामी मध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको संक्रमण देखिएको असपतालका सुचना अधिकारी टंक प्रशाद पनेरुले बताए ।
स्क्रवटाईफस र डेंगी रोगको संक्रमण प्रकोपका रुपमा फैलिदै गए पनि अहिले सम्म जनस्वास्थ्य कार्यालय तथा स्थानिय तहले कुनै सुचना सन्देश समेत जारी गरेको छैन । भएको डडेल्धुरा अस्पतालमा चिकित्सक नहुदा उचारमा समस्या रहेको जनाउदै कांग्रेसले सरकार अन्धो छ, स्थानिय आफै सचेत रहौ, भन्दै सचेतना ¥याली सहित लामखुट्टे मार्ने औषधी छर्केको कांग्रेस नेता शेर बहादुर भण्डारीले बताए ।
कांग्रेसको सचेतना र्यालीमा राष्ट्रि जागरण अभियानका खटिआएका केन्द्रिय प्रतीनिधी अन्तराम भट्ट, बेलबहादुर राना लगायत जिल्ला स्तरका नेता कार्यकर्ता एवं अगुवा बुद्धिजिवी समाजसेवीहरुको सहभागिता थियो ।