कञ्चनपुर असोज १
कञ्चनपुरको महेन्द्रनगरमा करिब ४५ लाखको लगानीमा नयाँ जिम सेन्टर स्थापना भएको छ । उक्त जिम सेन्टरको बुधबार उद्घाटन गरिएको छ । उद्घाटन दशौँ विश्व बडी विल्डिङ्ग एण्ड फिजिक स्पोर्ट च्याम्पियनसिप २०१८ का विश्व च्याम्पियन महेश्वर महर्जनले गरेका थिए ।
कमलेश बहादुर चन्दका दुई दाजुभाईले उक्त जिम सेन्टर खोलेका हुन । यस क्षेत्रका युवाहरुको
स्वास्थ्यलाई मध्येनजर राखेर शारीरिक फिटनेश र जिम गर्नका लागि जिम सेन्टर खोलिएको कमलेश बहादुर चन्दले बताए । यस जिम सेन्टरले युवाहरुलाई कुलतजन्य तथा गलत बाटोमा जानबाट समेत रोक्नमा सहयोग पुग्ने चन्दले बताए । जिम सेन्टर सुदूरपश्चिम क्षेत्रमै उत्कृष्ठ रहेको उनले दावी गरेका छन । जिम सेन्टरको सामान करिब ४० लाख भन्दा बढी मुल्यको सामान भारतको दिल्ली बाट ल्याएको बताएका छन ।
जिम सेन्टरको क्षमता एक चोटीमा करिब ४० देखि ५० जना सम्म रहको छ । उक्त सेन्टरमा जिम गर्नका लागि विभिन्न प्याकेजमा मुल्य निर्धारण गरिएको छ । जसमा एक महिनाका लागि १५ सय, ६ महिनाका लागि ७ हजार र एक् वर्षका लागि १३ हजार मुल्यको प्याकेज तोकिएको सेन्टरका सञ्चालक चन्दले बताए ।