काठमाडौं । बाँकेको खजुरामा गत बिहीबार भएको घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा तनाव सिर्जना भएको छ । सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभाको बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद पुष्पा भुसालले बाँके घटनामा संलग्न सुमन मल्लविरुद्ध प्रहरीले किटानी जाहेरी लिएको भन्दै कांग्रेस संसद सुचारू गर्न तयार रहेको बताएकी थिइन् ।
लगत्तै बाँकेबाट प्रतिनिधित्व गर्ने सत्तापक्षाका सांसद नन्दलाल रोकायाले खजुरा नगरपालिका–१ का वडाध्यक्ष मल्ल बेकसुर रहेको र कांग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको भनेर बचाउ गरेपछि कांग्रेसले बेल घेराउ गरिरहेको छ ।