म्याद थपिएन, काम आधा मात्रै
कैलाली २८ भदौ
मोहना–अत्तरिया ६ लेन सडक निर्माणको सम्झौता अवधि सकिएको ४ महिना बितीसक्दा सम्मपनी सडकअन्तर्गत निर्माण हुने तीनवटा पुलको भने अझै ठेक्का हुन सकेको छैन। २०७४ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको उक्तसडक आयोजनाको निमार्ण अवधी २०७६ जेठमा सकिएको छ ।
आयोजना अन्तर्गत तीनवटा पुल निर्माण हुनेछन् । धनगढीको मोहना नदी, गेटाको मनेहरा खोला र सुनी खोलामा पुल निर्माणको डिजाइन गरिएको छ । तर सडक विभागले पुल निमार्णको लागी स्विकृती नदीदा अझै सम्मपनी पुलको टेन्डर प्रकृया अगाडि बढन सकेको छैन ।
‘आयोजना अन्तर्गत तीनवटा पुल बनाउनुपर्नेछ’, आयोजना प्रमुख ईन्जनियर होम बहादुर ए.सीले भने, ‘सडक विभागले पुल निमार्णको लागी स्विकृती नदिदा त्यसको टेन्डर नै हुन सकेको छैन।’ आफुले लगातार विभागलाई स्विकृतीको लागी पत्राचार रजानकारी गराउदा समेत विभागले अहिलेसम्म पुल निमार्णको लागी स्विकृती नदिएको आयोजना प्रमुख ए.सीले गुनासो गरे ।
झण्डै डेढ अर्बको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनामा, लगातार कार्यालय प्रमुख सरुवा भएर जाने क्रम चलिरहदा आयोजना भद्रगोल अवस्थामा पुगेको हो । आयोजना कार्यालयमा सुरुमा आएका नवीनमान श्रेष्ठ निर्माण कार्य सुरु नहुँदै तीन महिनामै सरुवा भए भने त्यसपछि आएका योजनाका प्रमुख मनिष कुमाश शाह सरुवा भएर गएपछि लामो समयसम्म आयोजना कार्यालय प्रमुख विहिन बन्यो ।
मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाले गति लिन नसक्नु र समयमै काम सम्पन्न गर्न नहुनुको प्रमुख कारणनै आयोजना प्रमुखहरुको सरुवा हो । आयोजना प्रमुख बिहीन बनेको लामो समयपछिईन्जनियर होम बहादुर ए.सीप्रमुख भएर आएका छन् । ईन्जनियर ए.सी. आयोजनामा कार्यालय प्रमुख भएर आएसंगै प्रभावित भइरहेको निमार्ण कार्यले केही तिव्रता पाएको छ ।
निमार्ण म्याद थपिएन, काम आधा मात्रै
मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाको निमार्ण अवधी २०७६ जेठमा सकिएको छ । हालसम्म आयोजनाको प्रगति भने ५४ प्रतिशत मात्रै देखीएको छ । सडकको निमार्ण अवधि सकीएको झण्डै चार महिना बितिसक्दा सम्म पनी सडक निमार्णको अवधि भने थप गरिएको छैन् ।
सडक निमार्णको जिम्मा पाएका निमार्ण कम्पनिहरुले म्याद थपका लागीे विश्वनीय आधार पेश गर्न नसक्दा म्याद नथपिएको आयोजना प्रमुख ईन्जनियर होम बहादुर ए.सीले बताए । उनले भने–‘थप्ने म्याद भित्र बाकी काम सम्पन्न गर्ने विश्वनीय आधारहरु पेश गरी सक्नु भएको छैन, उनले थपे‘मैले विश्वनिय आधारहरु स–प्रमाण पेश गुर्न भनेर मागेको छु, उनीहरुले त्यो प्रमाणहरु पेशगर्न सक्नु भएको छैन् त्यही भएर रोकीएको छ ।’
निमार्ण कम्पनीहरुले म्याद थपका लागी पेश गरेका विश्वनिय प्रमाणहरुको आधारहरुमा आयोजनाले निमार्णको म्याद थप्ने अथवा नथप्ने भन्ने निर्णय गर्ने उनले बताए । निमार्ण कम्पनीहरुले पेश गरेका विश्वनीय प्रमाणहरुकै आधारमाआयोजनाले बढीमा १ बर्षसम्म म्याद थप्न सक्नेछ ।सडक निमार्णको म्याद नथपिएको भएपनी निमार्ण कम्पनीहरुले काम भने गरिरहेका छन् ।
निमार्णधिन सडकमा २३ वटा कल्भर्ट निमार्ण हुनेछन्, जसमध्ये अहिलेसम्म १९ वटा कल्भर्ट मात्रै पुर्ण रुपले बनाइएका छन्भने ४ ओटा कल्भर्ट आशिंक रुपमा निमार्ण भएको र बाकी काम भइरहेको आयोजना प्रमुख ए.सीले बताए ।
सडक विभागको व्यापारिक मार्ग विस्तार आयोजनाले बनाइ रहेको सडकमा सुरुका बेला, सडकमा परेका घर संरचना हटाउन केही विलम्ब भएको थियो । सडकको बीचमा रहेका विद्युतका पोल सार्ने काम ढिलो गरी सुरु हुँदा निर्माणमा बाधा पुगेकोआयोजनाको दाबि छ।
निर्माण सुरु भए यता देखिएका विभिन्न अवरोध र निर्माण कम्पनीको निस्क्रियताले सडक निर्माण समयमै सम्पन्न नभएको सडक आसपासका स्थानीयको आरोप छ ।
अत्तरिया–मोहनापुल, पुर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आउने एक मात्र सडक हो । मोहनापुल पुलदेखि अत्तरियासम्मको १४ किलोमिटर सडक निर्माण समयमै सम्पन्न हुन नसक्दा स्थानीय निराश छन्। सडकको अस्तव्यस्तताले आसपासका व्यापारीलाई पनि निकै मार परेको छ ।
सुरुका बेला सडकमा परेका घर नभत्काउन चाहनेले सर्वोच्च अदालतमा मुद्दा गरेकाले ढिलाइ भएको थियो भने त्यसपछि विद्युत्का पोल सार्ने काम र बनका कारण ढिलाइ भएको थियो। करिब साढे १४ किमिको ६ लेन सडकलाई मोहना पुलदेखि तीन टुक्रामा ठेक्का दिइएको थियो। प्याकेज एकको ठेक्का शर्मा÷अमर÷नागार्जुन जेभीलेपाएको छ भने प्याकेज दुई र तीनको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको थियो ।