कैलाली : सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयात शुन्यमा झरेको छ । पछिल्लो समय विषादीयुक्त खाद्य सामाग्रीको आयात भएको भन्दै भन्सार नाकाहरुमा रहेका क्वारेन्टाईन कार्यालयहरुले कडाई गरेको छ । अत्यधिक मात्रामा हुने विषादीको प्रयोगका कारण सीमा नाकामा तरकारी र फलफूल आयातमा कडाइ गरिएको हो । भारतबाट आयात हुने खाद्य सामाग्रीहरुको स्वच्छताको प्रमाण पत्र नल्याउदा रोक लागाईएको प्लाण्ट क्वारेन्टाईन कार्यालय कैलालीले जनाएको छ । विषादी परीक्षणपछि मात्रै भित्रिन पाउने कार्यालयले जनाएको छ । प्लान्ट क्वारेन्टाइन एंवम् विषादी व्यवस्थापन केन्द्रका अनुसार ३५ प्रतिशत कम देखिए खानयोग्य मानिन्छ । आर्थिक बर्ष २०७५÷०७६ मा कृषिजन्य बस्तु ५३ हजार ६ सय ९ मेट्रिक टन आयात भएको छ । जसमा आलु १४ हजार ४ सय ८३ मेट्रिक टन, प्याज ३ हजार ३ सय ८३ मेट्रिक टन, टमाटर १ हजार ३ सय ३१ मेट्रिक टन आयात भएको थियो । त्यस्तै फलफुलमा भने ४ हजार ५ सय ७६.३१ मेट्रिक टन आयात भएको प्लाण्ट कार्यालयले जनाएको छ । तर चालु आर्थिक बर्षमा भने आयातमा शुन्य रहेको कार्यालयले जनाएको छ ।