धनगढी,२९ भदौ
कैलालीको धनगढी उपमहानगरपालिका ६ बासुदेबी उच्चको भबन निर्माणमा गुस्तरहिन ईटाको प्रयोग भएको भएको छ । धनगढी उपमहानगरपालिकाका बिद्यालय भवन निर्माण कार्यक्रम अन्तरगतको भवन टेन्डर प्रक्रिया मार्फत बडाटेरीडुणे कन्ट्रक्सनले निर्माण कार्यको जिम्मा लिएको छ ।
गुस्तरहिन ईटाको प्रयोग भएको आफुले पनि जनाकारी पाएपछि उपमहानगरपालिकालाई बताउदै बासुदेवी उच्च माविका प्रधानाध्यापक गोपाल केसी भबन निर्माणको जिम्मा उपमहानगरपालिकाले निर्माण कम्पनीलाई जिम्मा दिएकोले बाँकी आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘बिद्यालयमा भवन निर्माण हुदैछ भन्ने जानकारी छ, इस्टमेट र बजेटका बारेमा अनबिज्ञ छु’ प्राधानाध्यापक केसीले भने– ‘के हुदैछ कस्तो निर्माण गर्दैछन् जनाकरी छैन ।’
धनगढी उपमहानगरपालिकाका ईन्जिनियर डिजराज भट्टले गुस्तरहिन ईटाको प्रयोग भएको उपमहानगरपालिकालाई जानकारी प्राप्त भए लगत्तै ईटा फिर्ता गराईएको बताए । यस्ता गुणस्तहिन काम गर्न कसैलाई पनि छुट नभएको भट्टको भनाई छ ।
भवन निर्माण जिम्मा पाएको बडाटेरीडुणे कन्ट्रक्सनका संचालक मुकेश बोगटीले भने कम्पनीको भन्दा पनि ईटा उद्योगले गलत ईटा पठाएकोले गलत भएको स्वीकारेका छन् । अब गुणस्तरहिन ईटा प्रयोग नगर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्माण स्थलबाट तीन हजार गुस्तरहिन ईटा फिर्ता गरीएको बताउदै भवन निर्माणमा अब गुस्तरहिन ईटा प्रयोग नहोस भनेर एक जना कर्मचारी नै निर्माण स्थलमा पठाएको उममहानगरपालिकाका उक्त साईट हेर्ने ईन्जिनियर उपेन्द्र भट्टले जानकारी दिए ।