धनगढी,२८ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका १४ र १८ नम्बर वडा फुलवारीमा सात दिने सरसफाई अभियान सुरु गरिएको छ । डिपो बजार ब्यबस्थापन समितिको आयोजनामा संबिधान दिवसको अबसरमा सरसफाई अभियान सुरु गरिएको हो ।
अभियानको पहिलो दिन आज शनिबार उपमहानगरपालिकाको १४ नम्बर वडा अन्तरगत शिबालय मन्दिर परिसरमा सरसफाई गरिएको छ । सो सरसफाई अभियानका डिपोबजार ब्यबस्थापन समिति, शशस्त्र प्रहरी सीमा सुरक्षा बेस फुलवारी, बहुलिया सीमा प्रहरी चौकी , जनप्रतिनिधिहरु ,स्थानिय टोल सुधार समिति, विभिन्न सामाजिक संस्था तथा स्थानियहरुको सहभागिता रहेको थियो ।
संबिधान दिबसको अबसरमा आयोजना गरिएको सरसफाई अभियानले आपसी सद्भाब र सामाजिक एकता कायम गर्नमा बिशेष भुमिका खेल्ने डिपोबजार ब्यबस्थापान समितिका अध्यक्ष कृष्ण पाण्डे बताए । उपमहानगरको १४ र १८ वडामा भएका बिभिन्न मठ मन्दिर, गुम्बा र सार्वजनिक क्षेत्रमा आगमी असोज ३ गते सम्म निरन्तर सरसफाई गरीने पाण्डेले जानकारी दिएका छन् । उनले सरसफाई अभियान सहभागिता जनाई दिन स्थानिय सामाजिक संघ संस्थालाई समेत अनुरोध गरेका छन् ।