धनगढी, २७ भदौ ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफु जनताको सेवक भएकाले कहिल्यै ठूलो हुन नसक्ने बताएका छन् ।
नेपाल बजार विक्री प्रतिनिधी संघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । म सामान्य परिवारमा जन्मीएको ब्यक्ति हुँ नगरप्रमुख वडले भने, नगरबासीहरुले माया गरेर मलाई यो ठाउँमा पु¥याएका हुन त्यसैले उनिहरुको सेवा गर्नु मेरो कर्तब्य हो ।
लोकतान्त्रीक विधी र पद्धतीलाई स्वीकार गर्न नसक्ने ब्यक्ति आफ्नो पछि योजनावद्ध रुपले लागेको नगरप्रमुख वडले बताए । यती वा उती भोटले चुनाव जितेको वा हारेको भन्दा पनि लोकतान्त्रीक पद्धतीमा चुनावको परिणामलाई स्वीकार गर्नसक्नुपर्छ नगरप्रमुख वडले भने, यो लोकतन्त्र हो , लोकतन्त्रको सुन्दरपक्ष यही हो । आम नागरिकको अभिब्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हक लगायत संविधानद्धारा प्रदत्त गरिएका सबै किसिमका अधिकारको पूर्ण सम्मान गर्न आफुले जानेको बताउदै नगरप्रमुख वडले भने, मेरो बिरुद्ध झुटो स्टाटस लेख्ने पत्रकार देखेर दया लाग्यो । आफुलाई सधै काम गर्न हौसला दिने, उत्प्रेरणा दिने मिडिया हाउस, मिडियाकर्मी, नागरिक समाज तथा आम नगरबासी दाजुभाई तथा दिदीबहीनि प्रति भने आफु सधै ऋणि रहेको नगरप्रमुख वडले बताए ।
धनगढीमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणको वातावरण बन्न नसक्दा तोकिएको समयमा बनाउन सकिएको छैन । थारु संग्रहालय, जडिबुटी प्रशोधन केन्द्र, कनरीपार्क, जेष्ठ नागरिक भवन, पशु हाटबजार, कोल्ड स्टोर जस्ता ठूला योजनाहरु मध्य कति निर्माण सम्पन्न भएका छन् भने कति निर्माणाधिन अवस्थामा छन् नगरप्रमुख वडले भने, विकास दिगो हुनुपर्छ, पारदर्शी हुनुपर्छ भन्नेमा सबै लाग्नु पर्छ तर विकास नै हुन नदिनेगरी वातावरण बिगार्ने, जनतालाई उचाल्ने, पछार्ने, भड्काउने, सद्भाव बिगार्ने, अवरोध जस्ता कार्य कसैबाट हुनुहुदैन । आफ्नो नेतृत्व उप–महानगरपालिकामा निर्वाचित भएर आएदेखि नै एउटा जिम्मेवार मिडिया हाउसबाट यस्तै घटना दोहरीनु दुर्भाग्य हो नगरप्रमुख वडले भने, विकासका कस्ले अवरोध पु¥याईरहेको छ, नगरबासीले सजिलै बुझेका छन् ।
मिडियाले प्लेटफर्म दिएपछि कुरा राख्न पाउनु र जिज्ञासा अनुसारको जवाफ दिनु मेरो स्वतन्त्रताको कुरो हो नगरप्रमुख वडले भने, मैले मिडियामा दिईएको जवाफलाई लिएर फेसबुक बाजी गर्नु एउटा पत्रकारको धर्म भित्र पर्छ कि पर्देन यो आम संञ्चारकर्मी ज्यूहरु संग मेरो निवेदन हो । विकास निर्माणका कार्यमा सहयोग गर्न आग्रह गर्दै नगरप्रमुख वडले भने, भ्रममा पार्ने, भड्काउने, समाजिक सदभाव बिगार्न खोज्ने, विकास गर्न नदिनेहरुको बिश्वास नगर्न आम नगरवासीमा अनुरोध गर्दछ ।