पुर्नवास, २३ भदौ ।
कञ्चनपुरको पुर्नवास नगरपालिकाका अधिकांश बस्तीहरु सीमाहरू भारतसँग जोडिएका छन् । त्यसको दक्षिणपूर्वी किनारमा छ वडा नम्बर ९ । त्यसै वडाको पुछारको गाउँ हो सीता बस्ती । जो उठेको बस्ती पुनर्जीवन पाउँदै छ ।
वडाध्यक्ष नारायणप्रसाद जैसीका अनुसार त्यहाँ एक हजार चार सय घरधुरीमा आठ हजार ८४५ जनसंङ्ख्या छ । ९ नम्बर वडाको सीता बस्तीमा भने झन्डै छ सय घरधुरी छन् । २०२८ सालमा सञ्चालन गरेको पुनर्वास कार्यक्रमले यहाँ देशका जिभिन्न स्थानबाट भूमिहिनहरुलाई ल्याएर जग्गा जमिन उपलब्ध गराउँदै बस्ती बसालेको थियो । तर त्यही बस्ती पनि २०५२ सालयताबाट दोधा नदीको कटानमा प¥यो ।
खेत बगरमा परिणत भयो । बस्ती उठेर जंगल जंगलको छेउमा पुग्यो । खेतबारी त कहाँ बस्ती बसेको ठाउँसम्म बताउन नसकेका सिता बस्तीका बासिन्दाका लागि उखु खेती नदीको कटान रोक्ने काइदा बन्यो । विगत पाँच वर्षदेखि बगर बनेको खेतमा व्यवसायीक रुपमा उखु लगाउन थालेपछि दोधा नदीको कटान रोकिएको छ ।
नदी धार परिवर्तन गर्दै भारतीय सीमातिर बग्न थाल्यो । बसाइ सरेर जंगल छेउमा पुगेको बस्ती विस्तारै पुरानो ठाउँमा फर्किन थाल्यो । केशरी उखु उत्पादन तथा तरकारी उत्पादन समूहका अध्यक्ष अमरबहादुर सुनारले कटानका कारण विस्थापित भएका एक दर्जन भन्दा बढी घरपरिवार पुरानै ठाउँमा फर्किसकेको बताए । उनले भने, ‘अरु घरपरिवार पनि पुरानै ठाउँमा फर्किने क्रममा छन् ।’
सिताबस्तीका रामबहादुर खड्काले उखु खेती लगाउन थालेपछि बगर बनेको खेतमा माटोसमेत बन्न थालेको बताए । उनले भने, ‘समुह बनाएर उखुखेती सुरु गरेका छाँ,ै त्यसले आम्दानी समेत रामै्र हुने गरेको छ ।’ सिता बस्तीमा बासिन्दाले उखुबाहेक अन्य खेती गर्दैनन् । एक बिघा जमिनमा खर्च कटाएर ३ लाख रुपैयाँसम्म बचाउन सकिने पनि खड्काले बताए ।
यहाँका किसानको उखु स्थानीय भागेश्वर सुगर मिलले खरिद गर्दछ । सीता बस्तीको दुई सय ५० बिघा बढी क्षेत्रमध्ये आधा बढी क्षेत्र उखु खेतीले नै ढाकेको छ । विभिन्न दातृ निकायको अनुदान र आफ्नै परिश्रमले पनि अहिले त्यहाँका बासिन्दाले राम्रो फसल लिन सकेका छन् ।
नेपाल रेडक्रस सोसाईटी र मर्सिकोरको साझेदारीमा संचालित आर्थिक विकासमार्फत विपद् व्यवस्थापन परियोजना (एमरेड) रेडक्रस सोसाइटीको सहकार्यमा सीता बस्तीलाई बचाउनका लागि बगरखेती गर्ने अभियान सुरु गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले किसानहरूको बगरमा परिणत जमिनलाई उखुमार्फत पुनस्र्थापन गराउन आफूहरू लागि परेको बताए । उनले यही अवस्थामा सुधार आए पुरै बगरलाई खेतमा परिणत गर्न सकिने बताए । उक्त परियोजनाले किसानहरुको उखुको बिमा समेत गरिदिएको सभापति जोशीले बताए ।
|