स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनादेखि फैलिएको डेंगु नियन्त्रण गर्न असफल भएको औपचारिक घोषणा गरेको छ । बिहीबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले पछिल्लोपटक ३० वैशाखदेखि फैलिएको डेंगु नियन्त्रण गर्न नसकेको स्वीकार गरेको हो । मन्त्रालयले अब सेना परिचालन गरेर डेंगु नियन्त्रणमा लाग्ने जनाएको छ ।
प्रधानमन्त्री कार्यालय, नेपाली सेना, उपत्यकाका तीनवटै जिल्लाका प्रतिनिधि, विश्व स्वास्थ्य संगठन र युनिसेफका प्रतिनिधि सहभागी बैठकले सहयोगका लागि सबैसँग अपिलसमेत गरेको छ । बैठकमा सहभागी अधिकारीहरूले पनि संकटग्रस्त ठाउँ पहिचान गरी सेना परिचालन गर्न सुझाब दिएका छन् । अब पनि अलमल गरे थप संकट ल्याउने उनीहरूले बताएका छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।
‘अहिलेको अवस्थाले डेंगु नियन्त्रण गर्न कठिन छ । केन्द्रबाट स्वास्थ्यकर्मीको टोली गएर डेंगु नियन्त्रण गर्न कानुनी अवरोध छ । त्यसैले सीधै सेना नै परिचालन गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘सेना परिचालन गरेर घरघरमा पठाउनुपर्छ ।’
स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले पटक–पटकको प्रयास पनि असफल भएपछि सबैको सहयोग आवश्यक रहेको बताइन् । ३० वैशाखमा धरानमा देखिएको डेंगु अहिले ४४ जिल्लामा फैलिएको छ ।
सन् २०१० मा चितवनमा गरिएको थियो सेना परिचालन
नेपालमै पहिलोपटक सन् २००४ मा झापामा डेंगु देखिएको थियो । त्यसयता क्रमशः देखिँदै आएको छ । सन् २०१० मा चितवनमा डेंगुले महामारीकै रूप लिएको थियो । पटक–पटकको प्रयासमा पनि नियन्त्रण आउन नसकेपछि सरकारले एक सय संख्यामा नेपाली सेना परिचालन गरेको थियो । सेना घरघरै गएर डेंगु नष्ट गरेको थियो ।
के हो डेंगु ?
डेंगु भाइरस चार प्रजातिका
डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर, अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।
डेंगु लागेको थाहा पाउने तरिका
विश्वव्यापी अवस्था
नेपालमा डेंगु
रोकथामका उपाय