सुदूरपश्चिम सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले महिला तथा बालबालीका माथि हुने हिसां रोक्न स्थानिय तहहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।
बुधबार धनगढीमा भएको महिला तथा बालबालीका माथि हुजे हिसां विरुद्ध ‘पुरुष सहभागीता र रणनिती २०७५’ को प्रदेशस्तरिय अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले सो कुरा बताएका हुन । उनले प्रदेशका दुर्गम पहाडी जिल्लामा महीलाहरुको अवस्था निकै कमजोर र नाजुक रहेको भन्दै गाउँघरमा पछाडी परेका महिलाहरुलाई राज्यको मुलधारमा ल्याउन स्थानियतह हरुले जिम्मेवार हुनुपर्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेशका कतिपय स्थानियतह हरुमा उप–प्रमुख महिला भएकै कारण कार्यवहाक जिम्मेवारि नपाउने गरेको बताउदै उक्त गलत प्रवृति रोक्नु पर्ने र स्वभाविक रुपमा कार्यवहाक जिम्मेवारि उप–प्रमुखको रहने दाबि गरे ।
उप प्रमुख महिलानै हुनुपर्ने र महिला भएकै कारण उप प्रमुख भएका हुन् भन्ने भ्रम सबैले त्याग्नु पर्ने मन्त्री सुवेदीले धारणा राखे ।
कार्यक्रममा प्रदेशसभा सदस्य सुनिता बिकले समाज रुपान्तरणको लागी सरकारी स्तरबाट सशक्त ढंगले निती कार्यक्रम ल्याउनुपर्ने बताईन् । उनले महिला तथा बालीकामाथी हुने हिसां विरुद्ध तिनै तहका सरकारको उतीनै विश्वास रहेको बताईन् ।
त्यस्तै प्रदेश सभा सदस्य मान बहादुर धामी महिला तथा बालीकामाथी हुने हिसां अन्त्यको लागी आफुबाटै सुरुवात गर्नुपर्ने धारणा राखे । उनले महीलाहरुलाई अगाडी ल्याउन हाम्रो विचार, सस्कृती र परम्परा अन्त्य हुनुपर्ने बताए ।
प्रदेश सभा सदस्य हर्क बहादुर कुवँरले यस्ता किसीमका कार्यक्रम गाउँगाउँमा हुनुपर्ने बताए । उनले सुदूरपहाडका गाउँ बस्तिमा महीला तथा बालीकामाथी अत्याधिक हिसां हुने गरेको भन्दै जसको अन्त्यको लागी गाउँबाटै सुरुवात गर्नुपर्नेमा जोड् दिए ।
महिला तथा बालीकामाथी हुने हिसां अन्त्यको लागी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालन भएको कार्यक्रममा विभिन्न स्थानियतहका प्रमुख तथा उप–प्रमुखहरुको उपस्थिती रहेको थियो ।