बुधबार नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भिम रावलले धनगढीमा पत्रकार सम्मेलन गरेका छन् ।
रावलले पत्रकार संग आफ्नो धारणा व्यक्त गर्दै अहीलेसम्म सरकारले एउटा पनी राम्रो काम गर्न नसकोको बताए ।
डोटीबाट निर्वा्चित प्रतिनिधी सभा सासंद प्रेम आलेले मन्त्री पद नपाएकै कारण भिम रावलले आफ्नै सरकारको विरोध गर्ने गरेको भनाईलाई उदाहरण दिदै मन्त्र पदकै लागी सरकारले गरेका राम्रा कामको पनी तपाईले विरोध गर्ने गरेको भन्ने पार्टीका ठुला नेताहरुले भन्ने गरेका छन नी ? भन्ने पत्रकारले गरेको प्रश्नमा रावलले उल्टै प्रतिप्रश्न गरे ।
उनले भने ‘सरकारले कुन चाई राम्रो काम गरेको छ एउटा मात्रै उदाहरण मलाई बताईदिनुस् ?’ उनले सो पत्रकार भेटघाट कार्यक्रममा सरकारको विरोध आलोचना व्यक्त गरे ।
सिगांपुरबाट टेलिकन्फ्रेन्स भिडीयो कल मार्फत प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक सञ्चालन गरेको कुरामा रावलले आपत्ती जनाए । उनले भने ‘राज्य चलाउने मान्छेले आफ्नो भौगोलीक क्षेत्र भन्दा बाहीर विदेशमा गएर राज्यको सरकार सञ्चालन गरेको मैले देखेको छैन् । उनले थपे अर्काको मुलुकमा गएर राज्य चलाउने कुरा कानुन र विधी संगत नभएको बताए । त्यस्तै मन्त्री परिषद्का निर्णय मात्रै हैन् राज्य प्रणालीका कुनैपनी निर्णयहरु गोपनियता सर्वप्रय हुन्छ । भिडीयो कलमार्फत सरकार सञ्चालन गर्दा त्यसको गोपनीयता कहाँनिर सुरक्षा हुन्छ ?
प्रधानमन्त्री बिदेशमा रहदा राष्ट्रपतीबाट कार्यबाहाक प्रधानमन्त्रीको जिम्मेवारी दिईएको छ । किन प्रधानमन्त्रीले भिडीयो कलबाट सरकार सञ्चालन गर्नुपर्यो भन्दै रावलले विरोध गरे ।
त्यस्तै सरकारले विदेशी नागरिकलाई नागरिकता वितरण गर्ने, नेपालमा सम्पन्न भएको बिम्स्टेक सम्मेलन, सरकारले ल्याएको निती कार्यक्रम तथा बजेट, सिके रावत संगको सम्झौता लगाएतका बिषयमा शृंखलाबद्ध रुपमा रावलले सरकार विरुद्ध आवाज उठाउदै आएका थिए ।
हाल दिईएको विभिन्न केन्द्रीय विभागको जिम्मेवारीबाट पनी पाखा लगाईएको कारण रावल झन कडा रुपमा प्रस्तुत भएका हुन । केन्द्रीय विभागीय जिम्मेवारि सुदूरपश्चिमबाट तत्कालीन माओवादीका नेता लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले मात्रै पाएका छन् ।