पार्टीभित्रकाे वादविवाद सामान्य हाे,श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्नुहाेस्: नेता नेपाल

काठमाण्डौ /नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् ।
सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरे।
विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै उनेले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए । झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभइ समस्याको सामना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औँल्याउए ।
उनले भने, ‘श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने बिहे गर्नु, छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । समस्याहरुको सामना गर्ने आँँट र सामर्थ्य हुनुपर्छ । यदि तपाईँमा सामर्थ्य छैन भने तपाईँ केही पनि गर्न सक्नुहुन्न ।’
नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्य गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्े ।
उनले ‘फूलको आँखामा फूलै सन्सार, काँढाको आँखामा काढै सन्सार’भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए ।