प्रेमरोगी उपचारमा खर्च अति गर्छ ।
रोग निको हुँदैन र पनि ओखती गर्छ ।।
मान्छेले हितैषी मान्छेलाई भुलिदीन्छ ।
जुनदिन उसले अलिकति प्रगति गर्छ।।
पेटमा असर पार्ने काम औषधिले गरेथ्यो ।
मुटुमा असर पार्ने काम पिरती गर्छ।।
पिएपछी हमला त म पनि गर्छु ।
नपिएरै म माथी हमला श्रीमती गर्छ।।
कमलबजार नगरपालीका-७ अछाम
सुरत भण्डारी
हाल धनगढी, कैलाली