तेज बोहरा
कैलाली ३ भाद्र/ सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिएको भन्दै चौतर्फी विरोध आएपछी भदौ ६ गते बिदा दिने निर्णय गरेको छ ।
गौरा पर्व सुदूरपश्चिमबासीको सांस्कृतिक पहिचान झल्काउने पर्व भएपनि प्रदेश सरकारले सार्वजनिक विदा नदिएपछि चौतर्फी विरोध भएको हो ।
साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने निर्णय गरेको भएपनि गौरा पर्व नसमेटिएपछि चौतर्फी रुपमा आलोचना हुदै आएको थियो ।
मन्त्रीपरिषद्को बैठकबाट रक्षा बन्धन, अँटवारी पर्व, भुँवा पर्व र माघ १ गते परेको माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको भएपनी गौरा पर्वमा विदा दिने निर्णय गरेको थिएन् ।
मंगलबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत ब्यक्त गरेको छ । गौरा पर्वको अवसरमा यही भदौ ६ गतेका दिन कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक विदा गरिएको छ ।