पार्टी बिरुद्ध कार्य गर्नेलाइ कार्वाही गर्छु : सभापति देउवा

धनगढी १ बैशाख
पार्टीको निति नियम र अनुशासन बिरुद्ध काम गर्ने जुनसुकै नेता कार्यकर्तालाई कारवाही गर्ने नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले बताएका छन् । नेपाली काग्रेस कैलालीले प्रकाशित गरेको नयाँ वर्ष २०७६को क्यालेन्डरको बिमोचन कार्यक्रममा वोल्दै उनले सो कुरा बताएका हुन् ।
पार्टी भित्र अचाक्ली धेरै भईसक्यो अब अनुसाशनको कारवाही गर्नुको विकल्प नरहेको देउवाको भनाई छ । बिभिन्न कार्यक्रमका लागि सुदुरपश्चिम आएका सभापती देउवाले सरकारको कडा शब्दमा बिरोध पनि गरेका छन् ।
सरकारले हरेक क्षेत्रमा कर बृद्धि गरी जनताको ढाँड सेक्ने काम गरेको बताउदै सभापती देउवाले ओली सरकारले जनतामा आतंक, डरत्रास फैलाएको समते आरोप लगाएका छन् ।
यो सरकारले दिनप्रतिदिन जनता प्रति बदमासी गरेको भन्दै पार्टीले सरकार बिरुद्ध कडा आन्दोलन गर्ने बताउदै सभापती देउवाले आन्दोलनको तयारीमा बस्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।